April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बेचबिखनमा परेका १ हजार ६७९ को उद्धार, पुरुष पनि बेचिए

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १४:0३
बेचबिखनमा परेका १ हजार ६७९ को उद्धार, पुरुष पनि बेचिए

काठमाडौं– प्रहरीले पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका १ हजार ६७९ जनाको उद्धार गरिएको जनाएको छ।
आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको हो।

१ हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ। ब्युरोकै पहलमा ५ सय ४४ जनाको उद्धार गरिएको छ। यसरी उद्धार गरिएकामध्ये १ हजार ७८ महिला तथा ६०५ पुरुष रहेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन बढ्दो रहेको उनको भनाइ छ। आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये २१४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए। यस्तै, आव २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको प्रहरीको तथ्यांक छ।

  • साझा परिवेश
  • सोमवार, अशोज १, २०८० १४:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।