October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय उद्घाटन संगै गायक एपी शेर्पा लाइ बिदाई

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:४२
धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय उद्घाटन संगै गायक एपी शेर्पा लाइ बिदाई

धरान: धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक-हित तथा उत्थानको लागि १० बर्ष अगाडी खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उद्घाटन गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रम मा धरान उप-महानगरपालिकाका मेयर तथा धरान संगीत प्रतिष्ठानका संरक्षक हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । प्रतिष्ठानले नयाँ भवन निर्माण नगरेसम्मका लागि उपमहानगर पालिकाले उपलब्ध गराएको प्रतिष्ठान चाडै उपयुक्त जग्गा खोजेर नयाँ भवन बनाएर सर्ने प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए । जग्गा भेटिएमा प्रतिष्ठानको भवनसँगै वरिष्ठ गायक दिप श्रेष्ठ ट्रष्ट समेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष राईले बताए ।
बजेट निर्माण गर्ने बेलामा केन्द्र देखि स्थानीय स्तरसम्मको सरकारबाट अपहेलित कला, साहित्य र संगीत क्षेत्र रहेको बताउंदै मेयर हर्क साम्पाङले पनि प्रतिष्ठानको आफ्नै स्वामित्वको भवन बनाउनुपर्ने र यसको लागि आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताए । प्रतिष्ठानको लागि खुल्ला स्थान रहेको भवनको आवश्यकता रहेको उनले बताए। त्यस्तै प्रतिष्ठानको संस्थापक तथा सल्लाहकार अजय राईले गीत, संगीतमा लाग्न चाहनेहरु र यस क्षेत्रमा लागेका श्रस्टाहरुको लागि आफुहरुले जन्माएको प्रतिष्ठान जन्माएको प्रतिष्ठानको आफ्नै भवन निर्माणको लागि जग्गा व्यवस्थापन हुन सकेमा भवन बनाउन आवश्यक आर्थिक सहयोग उठाउन तयार रहेको बताए । त्यस्तै चाँडै नै क्यानाडा जान लागेका चर्चित गायक एपी शेर्पाको विदाई पनि गरिएको थियो
उनलाई मेयर साम्पाङले प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान संगै नेपाली ढाकाटोपी लगाईदिएका थिए भने गीतकार मीना सिंगकले सिलाम साक्ला प्रदान गरेकी थिइन् ।त्यस्तै सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए। पारिवारिक पिआरमा क्यानाडा
जान लागेका गायक एपी शेर्पा केही बर्षको लागि क्यानाडा जान लागेको र भबिस्यमा नेपाल नै फर्कने बताउंदै यदि प्रतिष्ठानको भवन निर्माण हुने भएमा आफ्नो तर्फबाट रु १ लाख सहयोग गर्ने र अन्य सहयोग उठाउन पनि सहयोग गर्ने बताए । उनले “गरौ संकल्प “बोलको आफ्नो रास्ट्रिय गीत समेत गाएर सुनाएका थिए।
असारमा विश्व संगीत दिवसको अवसरमा आयोजित कार्यक्रमको हिसाब समेत सोही कार्यक्रममा सार्वजनिक गरिएको थियो उक्त सम्मान तथा सांगीतिक कार्यक्रममा ४ लाख ७५ हजार ८ सय आम्दानी भएको र ५ लाख ३५ हजार ८ सय ३० रुपैया खर्च भएको प्रतिष्ठानले जानकारी दिएको छ । विभिन्न दाताहरु तथा संस्थाहरुबाट केहि रकम उठ्न बाँकी रहेको र नयाँ कार्यलय भवन व्यवस्थापनको लागि बिजुली, रंगरोगन, फर्निचर लगायतमा १ लाख ८ हजार ५५ खर्च भएको जनाईएको छ। कार्यक्रममा धरान संगीत प्रतिष्ठानका सल्लाहकार तथा एसपी भिम दाहाल र डा.खालिद हुसैन हक पनि अतिथिको रुपमा रहेका थिए भने धरानका संगीतकर्मीहरुको उपस्थिति रहेको थियो। photo prakash moktan

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट