April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

कांग्रेसलाई सांसद वाग्लेको चूनौति : आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होईन सांसदबाट समेत राजीनामा दिन तयार हो ?

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १४:३१
कांग्रेसलाई सांसद वाग्लेको चूनौति : आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होईन सांसदबाट समेत राजीनामा दिन तयार हो ?

काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले गृहमन्त्री रवि लामिछानेमाथि प्रतिरोध साँधिएको आरोप लगाएका छन् । उनले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको बारेमा रोष्ट्रममा उभिएर आफ्नो धारणा राख्छु भन्दा अवसर नदिईएको भन्दै कांग्रेसको भूमिकाको आलोचना गरे । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आरोप लाग्नासाथ मन्त्रीबाट मात्र नभई सांसदबाट समेत राजीनामा दिनको लागि सर्वदलीय सहमति गर्न तयार हो ? भन्दै कांग्रेसलाई चूनोति दिए ।

उनले भने,‘विगत केही हप्तादेखि यो संसद्मा एउटा रिच्युल चलिरहेको छ । सहकारीको महाकाव्य नै लेख्न बसेजस्तो गरेर हाम्रो दैनिकी सुरु भैरहेको छ । तर, एउटा शब्द मैले कहिल्यैपनि सुन्न पाएको छैन्–लेख्नलाई महाकाव्य नै लेखियो होला । तर, समाधान भन्ने शब्द मैले सुन्न पाएको छैन् । प्रतिपक्षमा हुँदा हामीले पनि प्रश्न गरेका हौं । एउटा शालिन प्रतिरोध, शालिन प्रतिवाद संसदीय व्यवस्थामा प्रतिपक्षीय धर्म नै हो । त्यसलाई हामीले उन्नत किसिमले प्रयोग गरेकै हौं । सम्पूर्ण प्रतिपक्षीय रो’हरुले अर्थमन्त्रीको राजीनामा माग्दाखेरि हामी संयमित भएका थियौं । हामी रोकिएका थियौं । हामीले भन्यौं–अर्थमन्त्रीको पहिला कुरा सुन्नुपर्छ । उहाँलाई स्पष्टीकरणको मौका पहिला दिनुपर्छ भनेर भनेको हो । रास्वपा यस्तो एउटा प्रतिपक्षीय दल हो, जसले अनधिकृत व्यक्तिको प्रवेशद्धारा बजेट बनाईयो भन्दा हामीले राजीनामा मागेका थिएनौं । भौतिकमन्त्री माथिपनि लगभग सबै प्रतिपक्षी दलहरुले राजीनामा माग्दापनि हामीले भन्यौं–पहिला उहाँको कुरा सुन्नुपर्छ । आज माननीय गृहमन्त्रीजीले तपाईंहरुले मभित्र यही हलभित्र यति आक्षेप लगाउनुभएको छ, म रोष्ट्रममा उभिएर जवाफ दिन चाहन्छु भन्दै गर्दा उहाँलाई निषेध गरियो । यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? यो कस्तो संस्कृति हामी बसाउन खोज्दैछौं ? यो असाध्यै चिन्ताजनक छ ।’

सांसद वाग्लेले संसदीय छानबिन समिति बनाउन आपत्तिजनक नभएको पनि टिप्पणी गरे । उनले भने,‘संसदीय छानबिन बनाउन आपत्ति होईन, तर कस्तो नजिर बनाउन गैरहेका छौं भन्नेबारे विचार हामीले गर्नुपर्ने हुन्छ । सर्वदलयी सहमति गरौं–आरोप लाग्नासाथ सबले राजीनामा गरौं । मन्त्रीमात्र होईन, सांसदले पनि राजीनामा गरौं । यो नजिर स्थापित गर्न हामी तयार हो ?’

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।