September 17, 2024 | मङ्लबार, अशोज १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँमा पनि असर पर्ने

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:४१
भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँमा पनि असर पर्ने
  • डलरको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनायो 
  • १३३ रुपैयाँ ५४ पैसाले १ डलर मात्र किन्न मिल्ने
  • विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने

काठमाडौं ।।

अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । गत २२ भदौमा खरिद मूल्यमा १३२ रुपैयाँ ८४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ४४ पैसा पुगेको डलरको विनिमय दरले मंगलबार पुन नयाँ रेकर्ड बनाएको हो । लगातार बढ्दो क्रममा देखिएको डलरको विनिमय दर मंगलबार खरिद मूल्यमा १३२ रुपैयाँ ९४ पैसा र बिक्री मूल्यमा १३३ रुपैयाँ ५४ पैसा पुगेको छ ।

पछिल्लो ३०र ३१ भदौ तथा १ असोजमा लगातार खरिद मूल्य १३२ रुपैयाँ ८० पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ४० पैसा रहेकोमा मंगलबार ३असोजमा नयाँ रेकर्ड बनाएको हो ।लामो समयदेखि १३२ रुपैयाँकै वरिपरि रहेको अमेरिकी डलरको विनिमय दर २२ भदौमा बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको थियो । त्यसअघि १ भदौमा डलरको खरिद मूल्य १३२ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १३३ रुपैयाँ ३४ पैसा पुगेको थियो । नेपाल र भारतको स्थिर विनिमय दरको कारण भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्दछ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्