May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

युद्धग्रस्त यमनमा खडेरीको चुनौति

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:१0
युद्धग्रस्त यमनमा खडेरीको चुनौति

कृषि क्षेत्रका लागि झनै खतरा

एजेन्सी / वर्षौँदेखिको अशान्तिको बोझले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौती सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रका लागि झनै खतरा निम्त्याएको छ ।

कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरूमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरू देखिएका छन् । राजधानीबाट करिब १० किलोमिटर उत्तरपूर्वमा रहेको सावन गाउँमा पानीको जलाशय सुकेका छन् ।

यस वर्ष यमनमा कम वर्षा भएको छ । जसकारण कृषि क्षेत्रमा उल्लेख्य अन्नबाली लगाउन जनताले सकेका छैनन् । हालैको एक प्रतिवेदनमा संयुक्त राष्ट्र (युएन) ले जलवायु परिवर्तनसम्बन्धी प्राकृतिक प्रकोपहरूले युद्धग्रस्त देशमा मानवीय सङ्कट बढाएको र मौसमी घटनाले सिँचाइ सुविधा ध्वस्त पारेको बताएको छ ।

यमनमा खाद्यान्न र जीविकोपार्जनमा असुरक्षा बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०२२ यता प्राकृतिक प्रकोप र अन्य प्रकोपका कारण विस्थापित व्यक्तिहरूको सङ्ख्या दोब्बर भएको बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।