May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

मानव तस्करीको आशंकामा ४ दिन फ्रान्समा रोकिएको विमान मुम्बई पुग्यो

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १३:0३
मानव तस्करीको आशंकामा ४ दिन फ्रान्समा रोकिएको विमान मुम्बई पुग्यो
  • चार दिन फ्रान्समा रोकिएको एउटा चार्टड विमान भारतको मुम्बई पुग्यो 
  • अरब इमिरेट्सबाट ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाका लागि उडेको
  • फ्रान्सको एक विमानस्थलमा अवतरण गरेपछि मानव तस्करीको आशंकामा फस्यो 

बीबीसी ।।

मानव तस्करीको आशंकामा चार दिन फ्रान्समा रोकिएको एउटा चार्टड विमान भारतको मुम्बई पुगेको छ । विमानमा ३०३ यात्रुमध्ये २७६ जना भारतीय थिए । लिजेन्ड एयरलाइन्सको विमान मंगलबार मुम्बई अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो । चाटर्ड एयरबस ए ३४० विमान युनाइटेड अरब इमिरेट्सबाट ल्याटिन अमेरिकी राष्ट्र निकारागुवाका लागि उडेको थियो । इन्धन भर्न विमान फ्रान्सको एक विमानस्थलमा अवतरण गरेपछि मानव तस्करीको आशंका गरिएको थियो ।

त्यसपछि विमानलाई बिहीबार पेरिसभन्दा १३० किलोमिटर पूर्वस्थित वेट्री विमानस्थलमा रोकिएको थियो । विमानमा रहेका केही यात्री मानव तस्करीको फन्दामा परेको सूचना प्राप्त भएपछि फ्रान्सका अधिकारीहरूले उक्त चाटर्ड विमानलाई रोकेका थिए ।

विमानमा रहेका दुईजना नाबालिगसहित २५ जनाले फ्रान्समा शरण लिने इच्छा व्यक्त गरेपछि उनीहरूलाई अहिले फ्रान्समा नै राखिएको छ । थप अनुसन्धानका लागि फ्रान्सका अधिकारी दुईजना शंकास्पद मानव तस्करलाई फ्रान्समै रोकेका छन् । उनीहरूसँग अहिले सोधपुछ चलिरहेको समाचारमा उल्लेख छ ।

विमानमा रहेका अधिकांश यात्रु युनाइटेड अरब इमिरेट्समा काम गर्ने भारतीय रहेको जनाइएको छ । उनीहरुमध्ये एकतिहाई यात्रु गुजरातका थिए । विमानलाई निकारागुवा पठाउनुको सट्टा किन मुम्बई पठाइयो भन्ने स्पष्ट भएको छैन । विमानमा भएका धेरैलाई मानव तस्करले ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउन लगेको आशंका गरिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।