April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने

प्रदेशकाे राजनीतिक अस्थिरताले संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:१६
प्रदेशकाे राजनीतिक अस्थिरताले संघीयताप्रति वितृष्णा पैदा भयो : मुख्यमन्त्री कार्की

विराटनगर । पछिल्लाे समय कोशी प्रदेशमा देखिएकाे राजनीतिक अस्थिरताले संघीयताप्रति नै वितृष्णा पैदा भएकाे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । संविधान दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रदेशमा देखिएको अस्थिरताले संघियता प्रति नै वितृष्णा पैदा भएको बताएका हुन् ।

‘हाल कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले सिङ्गो प्रदेशवासीहरुमा सङ्घीयता प्रतिनै वितृष्णा पैदा भएको छ,’ उनले भने,‘ जनतामा देखिएको निराशा र व्यवस्था माथिकै चुनौतिलाई सामना गर्न सहमति र सहकार्य गरी अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । यस विसम परिस्थितिमा जनभावानालाई बुझेर अघि बढ्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलहरुलाई आव्हान गर्दछु ।’

‘मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा आएको छ, उनले भने,‘ यो महान दायित्व पुरा गर्न संविधान निर्माण र परिवर्तन लागि एक ठाँउ उभिएका सबै राजनीतिक शक्तिहरु पुनः साझा सङ्कल्पका साथ एउटै थलोमा उभिएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ ।’

उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न राजनीतिक दल, जनप्रतिनिधि,राष्ट्रसेवक कर्मचारी,सुरक्षाकर्मी, नागरिक समाजले आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्नुपर्ने बताए । नेपालको संविधानले नेपाली समाजमा व्याप्त सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुसाँस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषताहरुलाई आत्मसाथ गरेको उनले बताए । कानुनहरुको अभावमा सङ्घीयताका मर्म र भावाना बमोजिम सङ्घ, प्रदेश र स्थानीय सरकारहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनले बताए ।

  • साझा परिवेश
  • बुधबार, अशोज ३, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।