June 18, 2025 | बुधबार, असार ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध 

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १0:३७
७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध 
  • देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द
  • ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध 
  • महासंघले काठमडौं केन्द्रीत प्रदर्शनलाई निरन्तरता दिने

सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। महासंघले आज (बिहीबार) देखि ​देशभरका विद्यालय अनिश्चित कालका लागि बन्द गर्ने जनाएको हो। विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने अवस्था सिर्जना भएको छ।

सरकारले संसद्‍मा दर्ता गरेको  ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ विरुद्ध देशभरका शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएपछि सामुदायिक विद्यालयको पठनपाठन रोकिने अवस्था सिर्जना भएको छ। महासंघको आह्वानमा देशभरबाट हजारौँ शिक्षक र कर्मचारी काठमाडौँ आएका छन्। उनीहरुले आफ्ना माग पूरा गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शनसमेत गरेका थिए। महासंघले काठमडौं केन्द्रीत प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ।

देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षक आन्दोलनमा उत्रिएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था सिर्जना भएको छ। आधा भन्दा धेरै शिक्षक काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन आएपछि अरु शिक्षकले पनि पठनपाठन बन्द गरेका छन्। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहने महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदाका दिनमा पढाएर भएपनि परिपूर्ति गर्ने महासंघले जनाएको छ।

शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलनको घोषणा गरेका हुन्।  संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ। जसप्रति शिक्षक र तिनका संस्थाले विरोध गरेका हुन्।

काठमाडौं महानगरपालिकासहित देशका कतिपय स्थानीय तहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

 

  • साझा परिवेश
  • बिहिबार, अशोज ४, २०८० १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट