October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

राजदूतलाई औषधि लगिदिँदा कोरियामा रोकिए मा‌ओवादी नेता सापकोटा

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:२६
राजदूतलाई औषधि लगिदिँदा कोरियामा रोकिए मा‌ओवादी नेता सापकोटा

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामै रोकिएका छन्।

कोरियास्थित नेपाली राजदूत डा. ज्योति प्याकुरेल (भण्डारी) ले सेवन गर्ने गरेको औषधि लिएर जाँदा सापकोटा त्यही रोकिनुपरेको हो।

सामाजिक सञ्जालमा कोरियन प्रहरीले सापकोटालाई पक्राउ गरेर हिरासतमा राखेको चर्चाबीच नेपाली राजदूतावासले मंगलबार स्पष्टीकरणसहित विज्ञप्ति निकालेको छ।

दूतावासले केही सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै राजदूत प्याकुरेलले विगत एक वर्षदेखि नियमित रुपमा औषध लिइरहेको जनाएको छ।

‘उक्त औषधि राजदूतको अनुरोध बमोजिम सापकोटाले कोरिया आउँदा ल्याउने क्रममा डाक्टरको प्रेसक्रिप्सन ल्याउन छुटेको थियो’, दूतावासले भनेको छ, ‘कोरियाका भन्सार अधिकारीहरुले प्रेसक्रिप्सनबिनाको औषधि लैजान नमिल्ने भनि सम्बन्धि कागजातहरु पेश गर्न माग गरेका सापकोटा कोरियामा रोकिनुभएको हो।’

भन्सार अधिकारीहरुको माग बमोजिमका कागजातहरु दूतावासले सम्बन्धित अधिकारीहरुलाई बुझाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।

गत अगस्ट १० मा कोरिया गएका दीपशिखाले प्याकुरेलका लागि औषधि लगिदिएका थिए। राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ।

इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधिको प्रेस्क्रिप्सन नहुँदा त्यहाँका सुरक्षा अधिकारीले रोकेका थिए।

नेपाली दूतावासले उनलाई छुटाउन पहल गरे पनि कोरियाली कानुनअनुसार अनुसन्धान नसकिएसम्म देश नछाड्न भनिएको छ। नेपाली दूततावासले पनि उक्त कुरा स्वीकार्दै समाधान हुने अन्तिम क्रममा रहेको पनि जनाएको छ।

सापकोटा माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)का पूर्वअध्यक्ष पनि हुन्।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १३:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट