May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अध्यक्षका लागि क्यानमा भिषण प्रतिस्पर्धा

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:२९
अध्यक्षका लागि क्यानमा भिषण प्रतिस्पर्धा
  • क्यान को नयाँ अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने
  • अध्यक्ष चन्दसँग राजभण्डारी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिए
  • चुनाव लड्ने घोषणा गरेकाले द्विपक्षीय प्रतिस्पर्धा हुने

काठमाडौँ ।। 

नेपाल क्रिकेट संघ (क्यान) को नयाँ अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। शुक्रबार नै निर्वाचन गर्ने तयारी भइरहेका बेला राजभण्डारीले उम्मेदवारी घोषणा गरेका हुन्।  क्यानको शुक्रबार र शनिबार हुन लागेको चुनावी  साधारण सभामा वर्तमान अध्यक्ष चन्दसँग राजभण्डारी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका हुन्।

‘वर्तमान अध्यक्ष चन्दविरुद्धका साथीहरुले मलाई उठ्न भनेपछि चुनाव लड्न लागेको हुँ’, उनले भनेका छन्, ‘चन्दले क्यानमा राणा शासकको शैलीमा  काम गरेकाले साथीहरु असन्तुष्ट हुनुहुन्छ। उहाँहरुको आग्रहमा चुनाव लड्न लागेको हुँ।’ क्यानको नयाँ नेतृत्व छान्नका लागि निर्वाचन शुक्रबार अपरान्हसम्म हुन सक्नेछ। अध्यक्षमा अहिलेसम्म चन्द र भण्डारीले मात्रै चुनाव लड्ने घोषणा गरेकाले द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १२:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट