May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

सङ्घीय सरकार र संसद्‌मा केन्द्रीकृत मानसिकता हाबी छ: मुख्यमन्त्री कार्की

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १0:२३
सङ्घीय सरकार र संसद्‌मा केन्द्रीकृत मानसिकता हाबी छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयता कार्यान्वयनका सवालमा कोशी प्रदेशले सशक्त भूमिका निर्वाह गरिरहेको बताएका छन् । प्रदेशको संवैधानिक अधिकारका विषयमा आफू मुख्यमन्त्री बन्दा भएका घटना क्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।

शुक्रबार हेटौँडामा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय तहका संवैधानिक अधिकारका विषयमा दबाब दिन हेटौँडामा छलफल भइरहेको र सो छलफलले सङ्घीय सरकार र सांसदलाई दबाबमूलक सन्देश प्रवाह हुने बताए । सङ्घीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारहरूले एकजुट भएर फरक शैलीबाट अघि बढ्ने उनको भनाई छ ।

‘सङ्घीयता कार्यान्वयनमा अझै सङ्घीय सरकार र प्रतिनिधिसभा संसदमा केन्द्रीकृत मानसिकता हाबी भइरहेको छ । कोशी प्रदेशले केही हदसम्म त्यसलाई दबाब दिने र अधिकार लिने काम भएको छ ।’ उनले भने, ‘हेटौँडामा भइरहेको तहगत अधिकारको कार्य विस्तृतीकरणले फरक शैलीबाट अघि बढ्ने निर्णय गर्छ । जसले सङ्घीय सरकार र सुतिरहेको प्रतिनिधिसभालाई दबाब दिएर अधिकार विकेन्द्रीकरणका लागि घचघच्याउने काम गर्नेछ ।’

सङ्घीय संसदमा प्रतिनिधि बनेकाहरूले समयमा नै साझा अधिकारका सूचिका कानुनहरू निर्माण नगर्दा र अधिकार प्रत्यायोजन नगर्दा सङ्घीयता कार्यान्वयनमा थप समस्या परेको उनको भनाई छ । सङ्घीय सांसदहरूमा नै केन्द्रीकृत शासन व्यवस्था प्रतिको मानसिकता कायम रहेकाले सङ्घीयताको मर्म अनुसार संसदमा अधिकार प्रत्यायोजनका लागि आवश्यक कानु निर्माणको पहलकदमी हुन नसकेको उनले दाबी गरे ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा मध्यावदी निर्वाचनको सम्भावना नरहेको समेत बताए । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उनले बताए । छिट्टै नै प्रदेशमा रहेका दलहरुको सहमतीमा कोशी प्रदेश सरकारले पूर्णता पाउने उनले बताए । सो विषयको बारेमा केही समय अघि जारी भएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा दलहरुले दिएको समर्थनले पुष्टि गरेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १३, २०८० १0:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट