April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि

सङ्खुवासभामा प्रहरीमाथि आक्रमण गर्ने ३ जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:0५
सङ्खुवासभामा प्रहरीमाथि आक्रमण गर्ने ३ जना पक्राउ

सङ्खुवासभा – सङ्खुवासभाको पाँचखपन नगरपालिकामा जाँड–रक्सी खाएर प्रहरीमाथि आक्रमण गर्ने ३ जना पक्राउ परेका छन् ।

पाँचखपन–७ का ३२ वर्षीय महेश कटुवाल, २७ वर्षीय वसन्त कटुवाल र २४ वर्षीय विष्णु कटुवाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार लामिछानेले बताउनुभयो ।

इन्स्पेक्टर लामिछानेका अनुसार बुधवार राति साढे ११ बजेको समयमा उनीहरूले जाँड–रक्सी खाएर बजारमा होहल्ला गरी बजार नै आतङ्कित बनाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनीहरूलाई सम्झाउँदा प्रहरी हवल्दार सन्तोष राईमाथि नै आक्रमण गरी घाइते बनाएको प्रहरीकाे भनाइ छ । अहिले प्रहरी हवल्दारको उपचार भइरहेको छ ।

पक्राउ परेका तीन जनामाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम अनुसन्धान भइरहेको इन्स्पेक्टर लामिछानेले बताउनुभयाे ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।