April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

शिक्षकलाई प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन : नेता गोपाल दहित

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:५८
शिक्षकलाई प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन : नेता गोपाल दहित
  • बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग
  • यो युनियनहरु खारेजीपछि मात्र एउटा राष्ट्रिय सहमति बन्छ 

काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ । ‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नसुभएको छ । उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा नेता गोपाल दहितले भने । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला कांग्रेसको बैठकमा नेताहरुले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने बताएका हुन् ।

नेपाली कांग्रेस निकट शिक्षकहरुको पनि संघ छ । कांग्रेस निकट शिक्षकहरु नेपाल शिक्षक संघमा आवद्ध छन् । कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेता दहितले पार्टीसम्बद्ध शिक्षक संगठन खारेजीको माग राखेका हुन् । ‘यदि नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरु खारेजी गर्नुपर्छ’ उनले अगाडि भने, ‘उनीहरुलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यावसाय गर्न दिने हो । प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन ।’

विश्वभरका विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको नेता दहित भन्छन्, ‘नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको वाधकको रुपमा युनियनहरु पाइरहेका छौं ।’ नेकपा एमालेमा युनियन पार्टी संगठनकै रुपमा रहेको पनि कांग्रेस नेता दहितले स्मरण गरे । साथै, कांग्रेस नेताहरुले शिक्षकहरुको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग राखेका छन् । विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि कांग्रेस नेताहरुले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।

कांग्रेसले विद्यालय शिक्षा विधेयककै विषयमा छलफल गर्न सांसदहरुको बैठक समेत आह्वान गरिसकेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार यही असोज ८ र ९ गते कांग्रेस सांसदहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकका विषयमा सामूहिक छलफल गर्नेछन् । छलफलका आधारमा विधेयकउपर संसदीय प्रक्रियामा अगाडि बढ्ने कांग्रेसको तयारी छ । विद्यालय शिक्षा विधेयक सार्वजनिक सरोकारमा चर्चाको विषय भएको उल्लेख गर्दै कांग्रेस प्रमुख सचेतक लेखकले पार्टीका केन्द्रीय सदस्यहरुलाई समेत विधेयकमाथिको छलफलमा भाग लिन आमन्त्रण गरेका छन् ।

विद्यालय शिक्षा विधेयक केन्द्रित कांग्रेसको छलफल नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से हलमा हुनेछ । कांग्रेस प्रमुख सचेतक लेखकका अनुसार विधेयक केन्द्रित छलफल गर्ने निरन्तरको कार्यक्रमअन्तर्गत असोज ८ र ९ गते विद्यालय शिक्षा विधेयक केन्द्रित अन्तरक्रियात्मक कार्यक्रम राखिएको हो । असोज ११ गते विद्युत विधेयक केन्द्रित छलफल राखिएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट