April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

‘सर्वोत्कृष्ट फिल्म’ घोषणा नहुनुको कारण खोज्दै उच्च अदालत

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १२:३८
‘सर्वोत्कृष्ट फिल्म’ घोषणा नहुनुको कारण खोज्दै उच्च अदालत
  • सर्वोत्कृष्ट फिल्म’ विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिट
  • उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गर्यो 

काठमाडौं ।।

राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा ‘सर्वोत्कृष्ट फिल्म’ विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले शुक्रबार विपक्षी चलचित्र विकास बोर्डलाई अवार्डको मूल्यांकनको क्रममा जुरीले तयार पारेका सक्कल कागजपत्र पनि झिकाउन आदेश दिएको अदालतका सूचना अधिकृत अर्जुन आचार्यले जानकारी दिए ।

फिल्म ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र फिल्म छायांकन भएको थलो जुम्लाको सिंजाका स्थानीय मीनराज आचार्यले परमादेश माग गर्दै बिहीबार रिट दायर गरेका थिए । उनीहरुले जुरीको निर्णयको सक्कलप्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै निवेदन दिएका थिए ।

भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।खासगरी सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई उक्त फिल्ममा नकारात्मक चित्रण गरिएकाले राजनीतिक हस्तक्षेपमा उक्त विधामा पुरस्कार नबाँडिएको भन्ने प्रतिक्रिया पनि आएका थिए ।

 

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।