May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सुन तस्करी उच्चस्तरीय गठन बनाउने कुरामा मात्र सिमित

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १३:३४
सुन तस्करी उच्चस्तरीय गठन बनाउने कुरामा मात्र सिमित
  • सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन भयन 
  • दोस्रो चरणको छलफल पनि सहमतिबिनै सकियो 
  • आयोग गठन गर्न गरेको प्रतिवद्धता र तोकेको समयसीमा नै नाघ्यो 

 काठमाडौँ ।।  

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नेबारे भएको दोस्रो चरणको छलफल पनि सहमतिबिनै सकिएको छ। शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको दोस्रो चरणको छलफलमा पनि सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति जुट्न नसकेको हो। सहमति जुट्न नसक्दा सरकारले संसदमार्फत आयोग गठन गर्न गरेको प्रतिवद्धता र तोकेको समयसीमा नाघेको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ।

‘हामीले जे भाव, भाषा त्यतिबेला निर्णय भयो त्यही अनुसार अघि बढौं भनेर हामीले भनेका थियौं, तर उहाँहरुले भाषा थप गरौं भनेपछि आज सहमति हुन सकेन,’ पाण्डेले बैठकपछि सञ्चारकर्मीसँग भने। नेकपा एमालेका सचेतक महेश बर्तौलाले दुवै चरणका छलफलमा सहमति जुट्न नसकेको बताए।

‘विभिन्न प्रकारका राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा सरकारका उच्च पदस्तका अधिकारीको पनि सहभागीता छ भन्ने पुष्टि भएको छ,’ बर्तौलाले भने, ‘आज पनि आयोग गठन भएन यो दुर्भाग्यपूर्ण कुरा हो।’असोज ५ गते आयोग गठन गर्ने भदौ ६ को सहमतिअनुसार शुक्रबार दुई चरणमा सरकार पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुबीच छलफल भएको थियो। तर, दुवै चरणमा सहमति जुट्न नसकेको बर्तौलाले बताए।

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।