May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएँ : उषा रजक

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १४:५२
त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएँ : उषा रजक
  • कागबेनी’ बाट मलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरियो 
  • राता रात मलाई आउट र दिया मास्केलाई इन गराइयो 

काठमाडौं ।।

अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् ।

‘ राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखें,’ रजक लेख्छिन्, ‘ यो कुराको न त मसँग प्रुफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नु भयो । दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला ।’

रजकले बरालविरुद्ध कास्टिङ काउचको आरोप पनि लगाएकी छन् । उनी यसबारे लेख्छिन्, ‘ त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता-कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नुभएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त काँतर नै हो । कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुभन्दा नेपोटिज्म र फेभरेटिज्म किन ?’

‘कागबेनी’को मुख्य पात्रको लागि निर्देशक दाहाल र टिमले आफूसहित पूजा गुरुङ, शिवानीसिंह थारु, दीया मास्के, आशा मगरातीसँग अडिसन लिएको रजकले बताएकी छन् ।उनले बरालको एक्सर्ट स्टुडियोलाई दूषित ठाउँको संज्ञा पनि दिएकी छन् । ‘अझै पनि धेरैजसो राम्रो फिल्मको अडिसन त्यहींबाट हुन्छ, अझै पनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दूषित ठाउँमा । ठीकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल,’ उनी लेख्छिन् ।

उषाले प्रश्न गरेकी छन्, ‘ अनि के, कला क्षेत्र सबै यस्तै हो, प्रदूषित ? नो, हैन । धेरै राम्रा गुरुहरु भेटें, निष्पक्षीय कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु ।’ सोही स्टाटसमा उषाले राष्ट्रिय चलचित्र पुरस्कारको सन्दर्भ उल्लेख गर्दै फिल्म ‘प्रकाश’ले न्याय पाउनुपर्ने बताएकी छन् । रजकको आरोपबारे निर्देशक तथा अभिनेता अनुप बरालसँग कुराकानी गर्न खोज्दा सम्पर्क स्थापित हुन सकेन । उनको मोबाइल स्वीच अफ थियो ।

  • साझा परिवेश
  • शनिबार, अशोज ६, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।