April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

२४ वर्षको हुँदा व्यक्ति हत्या गरेका राई ६७ वर्षको उमेरमा पक्राउ परे

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:0३
२४ वर्षको हुँदा व्यक्ति हत्या गरेका राई ६७ वर्षको उमेरमा पक्राउ परे

व्यक्ति हत्यापछि फरार भएका भोजपुरका एक वृद्ध ३४ वर्षपछि पक्राउ परेका छन्।कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका साल्पासिलिछो गाउँपालिका- ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले घटनाको ३४ वर्षपछि पक्राउ गरेको हो।

कार्कीले २०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या गरेको ठहर गर्दै भाजपुर जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद फैसला गरेको थियो। राईलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। राईलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। त्यतिबेला २४ वर्षीय राईले स्थानीय बुद्धिकुमार राईलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए। हत्यापछि उनले राईका दुबै हात छिनाएर एउटा हातसमेत आफैँसग लिएर गएका प्रहरीले जनाएको छ।

हत्यापछि भारततिर भागेका राई पछि सुनसरीमा आएर बस्न थालेका प्रहरी अनुसन्धानबाट खुलेको छ। सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउपछि उनले आफूहरुलाई दमन गरेकाले राईको हत्या गरेको बयान दिएका प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट