May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

सर्वोच्चले ‘ॐ’ शब्द हटाउन आदेश नै देको हो भने तुरन्त बन्द गर्नुस् : शंकर भण्डारी

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:१९
सर्वोच्चले ‘ॐ’ शब्द हटाउन आदेश नै देको हो भने तुरन्त बन्द गर्नुस् : शंकर भण्डारी
  • ॐ’ अक्षर हटाउन लागिएको भन्दै कांग्रेसको चासो 
  • सरकारसँग स्पष्ट जवाफ मागियोस्
  • यो कुरा सत्य हो भने सरकारले तुरन्त बन्द गरोस्,: भण्डारी

काठमाडौं ।।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा शब्दकोशबाट ‘ॐ’ अक्षर हटाउन लागिएको भन्दै चोसो व्यक्त भएको छ । केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाली शब्दकोशबाट ‘ॐ’ हटाउन लागेको सूचना पाएको बैठकमा बताए । ‘ॐ’ शब्द नहटाउन सरकारलाई निर्देश गर्न र र जवाफ माग गर्न सभापतिसँग आग्रह गरे । ‘यो हद भयो, अति भयो । सरकारसँग स्पष्ट जवाफ मागियोस् । यो कुरा सत्य हो भने सरकारले तुरन्त बन्द गरोस्,’ भण्डारीले भने ।

अघिल्लो महासमिति बैठकमा बहुमत प्रतिनिधिले हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न हस्ताक्षर गरेर दिएपनि सुनुवाइ नभएको भण्डारीले बताए ।महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेन्डा पनि राख्न माग गरे । उनले चेतावनीको शैलीमा भने, ‘हामी पनि निर्वाचित केन्द्रीय सदस्य हो । देशभरिका कार्यकर्ताको आवाज हो । यो मूल एजेन्डा बनाउनुस् । नत्र धेरै अप्ठ्यारो पर्नेछ ।’

नेपाली शब्दकोशबाट ‘ॐ’ शब्द हटाउने गरी सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता स्वागत नेपाल र टपेन्द्र कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमाथि बिहीबार भएको सुनुवाइमा न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको इजलासले यस विषयमा एमिकस क्युरी झिकाउने आदेश दिएको थियो । यसअघि यही रिटमा सर्वोच्चले नै अन्तरिम  जारी गर्दै तत्काल ‘ॐ’ शब्द नहटाउन आदेश दिएको थियो ।

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।