May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

मेलिना र चुडामणिको स्वरमा ‘मुखले ठिक्क बनाउने’ (भिडियो)

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० २0:४५
मेलिना र चुडामणिको स्वरमा ‘मुखले ठिक्क बनाउने’ (भिडियो)

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र गायक चुडामणि मगरको स्वरमा ‘मुखले ठिक्क बनाउने’ गीत तथा भिडियो सार्वजनिक भएको छ । भद्र नकलको शब्द तथा संगीतमा तयार यस गीतको भिडियो हालै सार्वजनिक भएको हो ।
सन् २०१४ देखि गायनमा सक्रिय रहँदै आएका गायक चुडामणिले यसअघि पनि चर्चित कलाकारसँग सहकार्य गरेका छन् । यसैक्रममा उनले आफ्नो पछिल्लो गीत पनि मेलिनासँग गाएका हुन् ।
यस गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईले अभिनय गरेका छन् । पूर्वेली लोकलयमा रहेको यस गीतको भिडियोमा अञ्जली र टम्पशेर राईको पहिलो स्क्रिन शेयर हो ।
अञ्जली र टम्पशेरको रोमाञ्चक नृत्य तथा अभिनय रहेको यस भिडियोलाई तारावीर पाण्डेको निर्देशन गरेका हुन् । भिडियोमा मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी तथा विकाश धमलाको सम्पादन रहेको छ ।
उदयपुर त्रियुगा नगरपालिका साउनेका गायक चुडामणि मगरले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता चर्चित गीत ल्याइसकेका छन् । चुडामणिले ‘भूल’ नामक एल्बम निकालेर सांगीतिक यात्रा सुरु गरेका थिए ।
हाल उनी वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । आफ्नो पछिल्लो गीत ‘मुखले ठिक्क बनाउने’ रिलिज गर्दै उनले भने, ‘विदेश जानु वाध्यता हो, त्यसैले देशबाहिर रहेर पनि मेरो मन गीत संगीत मै छ ।’

  • साझा परिवेश
  • आइतवार, अशोज ७, २०८० २0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।