July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १७, २०८० १३:0७
कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव

झापा : धार्मिक तथा पर्यटकीय नगरको रुपमा परिचित मध्य झापाको कनकाई नगरपालिकाले साहित्य र कलालाई माया गर्ने थलोको रुपमा आफुलाई चिनाउने जमर्को गरेको छ । उसले पहिलो पटक कला–साहित्य उत्सवको सफलतापूर्वक आयोजना गरेर नगरले नयाँ पहिचान थपेको हो ।

रोटरी क्लब अफ कनकाईको आयोजनामा यही फागुन १४ देखि १६ गतेसम्म कनकाईको व्यापारिक केन्द्र सुरुङ्गामा कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव सम्पन्न भएको छ । उत्सवमा स्थानीयदेखि राष्ट्रियस्तरका स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर पाएका थिए ।

वरिष्ठ अभिनेता नीर शाहले उद्घाटन गर्नुभएको महोत्सवको बुधबार समापन समारोहलाई नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य तुलसी दिवसले सम्बोधन गर्नुभएको थियो । उहाँले कनकाईले साहित्य र कलाको महत्व बुझेर महोत्सव आयोजना गरेकोमा खुसी प्रकट गर्नुभयो ।

समापनको अवसरमा राष्ट्रिय कविहरूको जमघटले आकर्षण बढाएको थियो । प्रसिद्ध कविहरू अर्जुन पराजुली, कुन्ता शर्मा, लक्ष्मण गाम्नागे, मनु मञ्जिल, डा देवी नेपाल, धीरेन्द्र प्रेमर्षी, माया मानवीलगायतले आज आफ्ना कविता वाचन गर्दा दर्शक दीर्घाबाट वाहवाही पाएका थिए ।

रोटरी क्लब अफ कनकाईका अध्यक्ष शिव कँडेलले पहिलोपल्ट सुरुङ्गामा साहित्य र कलाको संरक्षण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाउँदै दर्शक र पाहुनाको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । उहाँले आगामी वर्ष महोत्सवलाई कुनै न कुनैरुपमा निरन्तरता दिइने बताउनुभयो ।

महोत्सवमा राष्ट्रियता झल्काउने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको रोटरी क्लब अफ कनकाईका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय जातिको भेषभूषा, नृत्य र झाँकी प्रस्तुत गरिएको उहाँले बताउनुभयो । तीन दिनसम्म एक दर्जनभन्दा बढी कार्यक्रम महोत्सवमा सम्पन्न भएका छन् ।

प्रसिद्ध कलाकार मनोज गजुरेलजस्ता साङ्गीतिक हस्तीदेखि गायिका रचना रिमाललगायतका नवोदित कलाकारसम्मको उपस्थितिले कार्यक्रमको रौनक बढाएको थियो । नयाँ पुस्ताको आकर्षणले यो महोत्सव भव्य र सफल बनेकोलाई आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले बताउनुभयो ।

नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखनका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो । महोत्सवको अर्को आकर्षण कला प्रदर्शनी रहेको थियो । चित्रकार हिम्मत नेम्वाङ र व्यङ्ग्य चित्रकार पवन राजवंशीको चित्र तथा मूर्तिकलाको त्यहाँ प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको थियो ।

विगत दुई दशकदेखि कला क्षेत्रमा समर्पित नेम्वाङका ४० वटा तेल चित्र, छाम्ने चित्र र मूर्ति कला प्रदर्शनीमा राखिएका थिए । आँखा देख्न नसक्नेले पनि छामेर थाहा पाउन सक्ने एक दर्जन चित्र प्रदर्शनीमा थिए । कार्टुनिष्ट राजवंशीका दुई दर्जन व्यङ्ग्य चित्र प्रदर्शनीमा थिए ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १७, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्