sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विराटनगरको एउटै वडामा ३३ बालबालिकामा कुपोषण

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १४:0७
विराटनगरको एउटै वडामा ३३ बालबालिकामा कुपोषण

विराटनगर महानगरपालिकाको एउटै वडामा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार
पाँच वर्षमुनीका ४४८ जना बालबालिकाको स्वास्थ्य परीक्षणमा ३३ जनामा कुपोषण फेला

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको एउटै वडामा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको पाइएको छ । महानगरको एउटै वडामा ३३ जनासम्म कुपोषित बालबालिका फेला परेपछि यस्तो समस्या उजागर भएको हो ।
बालस्वास्थ्य शिविरमा परीक्षण गराउन ल्याइएकामध्ये २२ जनामा कडा कुपोषण र ११ जनामा मध्यम कुपोषण देखिएको विराटनगर–१९ बैजनाथपुर अस्पताला सिनियर अहेव भोला तिम्सिनाले जानकारी दिए । उनकाअनुसार शिविर कार्यक्रममा पाँच वर्षमुनीका ४४८ जना बालबालिकाको स्वास्थ्य परीक्षण भएको थियो । जसमध्ये ३३ जनामा कुपोषण देखिएको हो ।

परीक्षणमा आएकामध्ये दुईजना बालबालिका अन्य समस्या भएको पाइएको थियो । उनीहरुको उपचारका लागि मोरङ सहकारीमा भर्ना गरिएको थियो ।विराटनगर महानगरपालिकाको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पाँचवर्षमुनीका बालबालिकाको स्वास्थ्य परीक्षण तथा पोषण लेखाजोखा शिविर सुरु गरिएको छ । गत शुक्रबार विराटनगर–१९ मा यो शिविर सम्पन्न भएको थियो ।

सिनियर अहेव तथा अस्पतालका प्रमुख तिम्सिनाका अनुसार शुक्रबार शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षणमा छुटेकाहरु आइतबार सम्पर्कमा आएका थिए । आइतबार २२ जना बालबालिकामध्ये चारजनामा मध्यम कुपोषण आशंका गरिएको छ ।

शिविरमा सहभागी गराइएका बालबालिकाको कुनैपनि स्वास्थ्य समस्या देखिएमा विराटनगर महानगरपालिकाले निःशुल्क उपचार गर्नेछ । शिविरमा कडा र मध्यम कुपोषण देखिएकाहरुलाई निरन्तर रुपमा घरमै पुगेर थप परीक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।
कुपोषण देखिएका बालबालिकाका अभिभावकलाई परामर्श दिइनेदेखि बच्चाका लागि पोषण प्याकेज समेत उपलब्ध गराइएको तिम्सिनाले जानकारी दिएका छन् । अब कडा र मध्यम कुपोषण देखिएका बालबालिकाको लागि घरमै दुध तथा अण्डाको प्रवन्ध मिलाएर दैनिक थप आहारको जोहो गर्ने कार्यक्रम समेत रहेको छ ।

अतिविपन्न परिवारमा जन्मिएका बालबालिका धेरै कुपोषणको शिकार देखिएका हुन् । विराटनगर महानगरपालिकाले एक गैरसकारी संस्थामार्फत यो कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ । बालबालिकाको उमेर अनुसारको उचाई र तौल नभएको अवस्थामा उनीहरुमा कुपोषण रहेको मानिन्छ । त्यसका लागि विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर १९ नम्बर वडाबाट सुरु गरेर सबै वडामा सेवा विस्तार गर्ने तयारी गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid