May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

विराटनगरको एउटै वडामा ३३ बालबालिकामा कुपोषण

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १४:0७
विराटनगरको एउटै वडामा ३३ बालबालिकामा कुपोषण

विराटनगर महानगरपालिकाको एउटै वडामा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार
पाँच वर्षमुनीका ४४८ जना बालबालिकाको स्वास्थ्य परीक्षणमा ३३ जनामा कुपोषण फेला

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको एउटै वडामा ठूलो संख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको पाइएको छ । महानगरको एउटै वडामा ३३ जनासम्म कुपोषित बालबालिका फेला परेपछि यस्तो समस्या उजागर भएको हो ।
बालस्वास्थ्य शिविरमा परीक्षण गराउन ल्याइएकामध्ये २२ जनामा कडा कुपोषण र ११ जनामा मध्यम कुपोषण देखिएको विराटनगर–१९ बैजनाथपुर अस्पताला सिनियर अहेव भोला तिम्सिनाले जानकारी दिए । उनकाअनुसार शिविर कार्यक्रममा पाँच वर्षमुनीका ४४८ जना बालबालिकाको स्वास्थ्य परीक्षण भएको थियो । जसमध्ये ३३ जनामा कुपोषण देखिएको हो ।

परीक्षणमा आएकामध्ये दुईजना बालबालिका अन्य समस्या भएको पाइएको थियो । उनीहरुको उपचारका लागि मोरङ सहकारीमा भर्ना गरिएको थियो ।विराटनगर महानगरपालिकाको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पाँचवर्षमुनीका बालबालिकाको स्वास्थ्य परीक्षण तथा पोषण लेखाजोखा शिविर सुरु गरिएको छ । गत शुक्रबार विराटनगर–१९ मा यो शिविर सम्पन्न भएको थियो ।

सिनियर अहेव तथा अस्पतालका प्रमुख तिम्सिनाका अनुसार शुक्रबार शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षणमा छुटेकाहरु आइतबार सम्पर्कमा आएका थिए । आइतबार २२ जना बालबालिकामध्ये चारजनामा मध्यम कुपोषण आशंका गरिएको छ ।

शिविरमा सहभागी गराइएका बालबालिकाको कुनैपनि स्वास्थ्य समस्या देखिएमा विराटनगर महानगरपालिकाले निःशुल्क उपचार गर्नेछ । शिविरमा कडा र मध्यम कुपोषण देखिएकाहरुलाई निरन्तर रुपमा घरमै पुगेर थप परीक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।
कुपोषण देखिएका बालबालिकाका अभिभावकलाई परामर्श दिइनेदेखि बच्चाका लागि पोषण प्याकेज समेत उपलब्ध गराइएको तिम्सिनाले जानकारी दिएका छन् । अब कडा र मध्यम कुपोषण देखिएका बालबालिकाको लागि घरमै दुध तथा अण्डाको प्रवन्ध मिलाएर दैनिक थप आहारको जोहो गर्ने कार्यक्रम समेत रहेको छ ।

अतिविपन्न परिवारमा जन्मिएका बालबालिका धेरै कुपोषणको शिकार देखिएका हुन् । विराटनगर महानगरपालिकाले एक गैरसकारी संस्थामार्फत यो कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ । बालबालिकाको उमेर अनुसारको उचाई र तौल नभएको अवस्थामा उनीहरुमा कुपोषण रहेको मानिन्छ । त्यसका लागि विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर १९ नम्बर वडाबाट सुरु गरेर सबै वडामा सेवा विस्तार गर्ने तयारी गरेको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।