May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ

त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १0:३८
त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज (शुक्रबार) नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।

बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ । पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ ।

यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा हुनेछ । नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो ।

यसै सिरिजमा हङकङविरुद्ध कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए । सिरिजमा हालसम्म १४७ रन बनाएका आसिफ सेख सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । १० विकेट लिएका करण केसी र ७ विकेट लिएका सोमपाल कामी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई स्थानमा छन् । कुशल मल्ल, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी राम्रो लयमा छन् ।

आईसीसी टी-ट्वेन्टी विश्वकप छनोटअघि नेपाल र यूएईका लागि यो अन्तिम खेल हो । त्यसकारण टिमको कमजोरी पत्ता लगाउन र रणनीति बनाउन यो खेल दुवै टिमका लागि निकै महत्त्वपूर्ण हुनेछ । फाइनल खेलका लागि दुवै टिमले आफ्नो उत्कृष्ट टिम मैदानमा उतार्ने तयारी गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक १०, २०८० १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।