April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

बालेनलाई ओलीले भने : दम्भ र घमण्डले मान्छेलाई सिध्याउँछ, समस्या समाधान गर्नुस्

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १६:५८
बालेनलाई ओलीले भने : दम्भ र घमण्डले मान्छेलाई सिध्याउँछ, समस्या समाधान गर्नुस्
  • म सरकारलाई भन्न चाहन्छु, शक्ति विभाजित हुन सक्छ
  • शिक्षा मन्त्रालयमा वार्ता हुँदैन, गृहमा हुन्छ
  • शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने

काठमाडौँ ।। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै दम्भ र घमण्डले मानिस सकिने बताएका छन्।  सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन्।

‘एउटा युवा १ सय २५ घन्टादेखि उभिएर सत्याग्रह गरिरहेको छ। त्यहाँ माग के हो भनेर सरकारले सोध्यो ? एक जनाले जोसँग सम्बन्धित छ विषय, तीनका नेता खोज्दै जानुपर्ने लगायतका अभिव्यक्ति आएका छन्,’ ओलीले अघि भने, ‘दम्भ र घमण्डले मान्छेलाई सिध्याउँछ । समस्या बल्झाएर कोही सफल हुँदैन। समाधान गरेर सफल हुन्छ।’ साथै, उनले सरकालाई शक्ति विभाजित हुन सकेपनि सत्य विभाजित हुन नसक्ने उल्लेख गरे।

‘म सरकारलाई भन्न चाहन्छु, शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुन सक्दैन। म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु , सत्यलाई विभाजित गर्न सकिँदैन,’ ओलीले भने, ‘सत्यसँग सिंह नजुधाउनुस्, शिक्षकहरूसंग चलाखी नगर्नुस्। शिक्षा मन्त्रालयमा वार्ता हुँदैन, गृहमा हुन्छ। एकथरीसँग वार्ता गरिन्छ अर्कोसँग गरिँदैन्। लोकतन्त्रमा यस्तो हुँदैन।’

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।