April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

टर्की पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी गर्ने सुरुची पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:५५
टर्की पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी गर्ने सुरुची पक्राउ

वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ

 

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ लेखनाथ टोलकी सुरुची भुजेल रहेकी छन् । भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए ।

उनीहरूले टर्कीमा गएको भूकम्पपछि राष्ट्रसंघीय सहयोगमा काम लगाइदिने भन्दै ठगेका थिए । उनीहरूले विभिन्न व्यक्तिबाट १ करोड १५ लाख १९ हजार ८ सय रुपैयाँ ठगेका थिए ।

वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआईबीको टोलीले भुजेललाई आसोज ६ गते पोखराबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी भुजेललाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।