May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

आईएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई १ करोड ५० लाख चेक हस्तान्तरण

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:२३
आईएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई १ करोड ५० लाख चेक हस्तान्तरण
  • ग्लोबल आईएमई बैंकले दियो भूकम्प रकम १ करोड ५० लाख
  • भूकम्पका कारण ज्यान गुमाएका नागरिकप्रति आईएमई ग्रुपद्वारा हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाण्डाै ।।

आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेशनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. वैकुण्ठ अर्याल पनि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य, आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आईएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत पनि सहभागी हुनुहुन्थ्याे । सहयोग रकम हस्तान्तरणसँगै आईएमई ग्रुपले भूकम्पका कारण ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै भूकम्प प्रभावित क्षेत्रमा आईएमई  ग्रुप तथा आईएमई फाउन्डेशनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २१, २०८० १३:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।