March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत

छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १५:0४
छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड

‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन
प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत

छोङछिङ, असोज ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोङछिङस्थित कृषिको आधुनिकीकरण सम्बन्धी कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नु भएको छ ।

कृषि, पशुपालन तथा माछा पालनमा नेपाल र चीनबीच सहयोग आदानप्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले कृषि अनुसन्धानमा ख्यातिप्राप्त यस संस्थाको भ्रमण गर्नुभएको हो ।

मङ्गलबार बिहान चीनको राजधानी शहर पेइचिङ्बाट चाइना एअरमार्फत प्रधानमन्त्री प्रचण्ड चीनको दक्षिणपश्चिममा रहेको देशकै ठूला शहर मध्येको एक छोङछिङ शहर आइपुग्नु भएको हो ।

यहाँ आइपुग्दा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गर्नुभयो ।
कार्यक्रम अनुसार आजै चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य एवम् छोङछिङ नगरका पार्टी सचिव युआन चिआचुनले प्रधानमन्त्रीसँग भेट गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य चिआचुनले रात्री भोजको आयोजना गर्नुहुने कार्यक्रम पनि रहेको छ । आजै प्रधानमन्त्रीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ चियानचाओले पनि भेट्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको साथमा परराष्ट्र मन्त्री एनपी साउद, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्र राय यादवसहित भ्रमण दलका सदस्यहरु रहेका छन् ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज ९, २०८० १५:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट