तुलसीपुर (दाङ) : लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दसैं खर्च उपलब्ध गराएको छ। मंगलबार दसैं खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दसैं खर्च उपलब्ध गराइएको हो।
अर्थमन्त्री धनबहादुर मास्कीले दसैं खर्च वापत रु २५ हजार उपलब्ध गराएका हुन्। सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
उनीहरु प्रत्येक वर्ष तीज, दसैं र तिहारमा सरकारसँग खर्च माग गर्दै आएका छन्। केही दिनदेखि उनीहरु दाङ र यसका आसपासका सरकारी कार्यालयमा गइ दसैं खर्च माग्दै आएका थिए।