May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा

रास्वपाले भन्यो– मन्त्रीलाई भेटेर शुभकामना दिनु पर्दैन, मनमनै दिए पुग्छ

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० ११:४0
रास्वपाले भन्यो– मन्त्रीलाई भेटेर शुभकामना दिनु पर्दैन, मनमनै दिए पुग्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकालाई कसैले पनि भेटेर शुभकामना दिनुनपर्ने बताएको छ। पार्टीका महामन्त्री मुकुल ढकालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लाख्दै शुभकामना मनमनदै दिए पुग्ने बताएका हुन्।

शुभकामना दिने, फोटो खिन्चे नाममा मन्त्रीहरुको समय नोक्सान हुने भन्दै ढकालले यस्ता गतिविधि गरेर समय नोक्सान नगर्न आग्रह गरेका छन। ‘माननीय मन्त्रीहरूको एक सेकेन्ड पनि ठोस कामबिना नोक्शान नगराइदिनु होला ।बधाइ, शुभकामनालगायत मनमनैदिनु , भेटिभेटी दिनु आवश्यक छैन’, उनले लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘यो देशलाई माया गर्ने, पार्टीलाई माया गर्ने, मन्त्रीहरूको पनि भलो चिताउने सबैले बुझ्नपर्छ। यो पटक बधाइ, शुभकामना र फोटो खिच्ने नाममा माननीय मन्त्रीहरूको १ मिनट पनि तपाईंका कारणले खर्च भयो भने त्यो ३ करोड नेपालीको ३ करोड मिनेट समय खर्च हुन जान्छ, नोक्सान हुन जान्छ।’

यही फागुन २१ गते प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले का‌ंग्रेससँगकाे गठबन्धन ताेड्दै एमाले–रास्वापासँग गबन्धन गरेपछि सत्ता परिवर्तन भएकाे छ।

परिवर्तन भएकाे सरकारमा रास्वापले उपप्रधानमन्त्रीसहित चार मन्त्रालय पाएकाे छ। जसमा उपप्रधानमन्त्रीसहित गृहमा पार्टी सभापति रवि लामिछाने, शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ र श्रम मन्त्रालयमा डिबी अर्याल नियुक्त भएका छन्।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन २४, २०८० ११:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट