April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

यूएईमा दुईतले बस चलाउने साहसी नेपाली चेलीलाई सम्मान

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ ११:४२
यूएईमा दुईतले बस चलाउने साहसी नेपाली चेलीलाई सम्मान

काठमाडौं । मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले) बस चालक शान्ति भण्डारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा सम्मान गरिएको छ । यूएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका अवसरमा दोसल्ला ओढाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली समाजका संस्थापक उपाध्यक्ष एवं विगत चार दशकदेखि यूएईमा रहेका समाजसेवी चन्द्रप्रसाद सापकोटाको हातबाट सम्मानपत्र हस्तान्तरण गरिएको थियो । त्यसैगरी, नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज यूएईका अध्यक्ष नवीन कार्कीलगायतले दोसल्ला ओढाएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रप्रसाद सापकोटाले यूएईमा रहेर साहसिक काम गर्दै आफूलाई अग्रस्थानमा ल्याउन सफल तथा निरन्तर कोसिस गर्दा एकदिन अवश्य सफल होइन्छ भन्ने कुरा स्थापित गर्न सफल नेपाली साहसिक चेलीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा बोल्दै दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठले विदेशी भूमिमा रहेर अनेकौं बाधा अड्चनलाई पार गर्दै चाहना भए के सम्भव हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्दै हजारौं नेपाली महिलाको प्रेरणाको स्रोत बनी नेपाली महिलालाई सक्षम बन्नका निम्ति दिएको योगदान उदाहरणीय रहेको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा गर्व महसुस गरेको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।