May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

विनोद चौधरीको भारतमा भएको कम्पनीमा आयकर टोलीको छापा

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:४५
विनोद चौधरीको भारतमा भएको कम्पनीमा आयकर टोलीको छापा

ग्रीनटेक मेगा फुड पार्कका अन्य संस्थापकको कम्पनीमा पनि छापा

गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमाथि कारवाही

 

नयाँदिल्ली : नेपालका एकमात्र खर्बपति विनोद चौधरीको कम्पनी सीजी कर्प ग्लोबलको भारतको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबारदेखि आयकरले छापा मार्न सुरु गरेको छ । गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमाथि कारवाही गरेको हो।

आयकर विभागको अनुसन्धान शाखा गुवाहाटीका अधिकारीहरूले उक्त कार्यको नेतृत्व गरिरहेका छन्। जसलाई स्थानीय आयकर अधिकारीहरूले पनि सहयोग गरिरहेका छन्।

कम्पनीको जयपुरस्थित कार्यालय तख्तेशाही मार्गस्थित कान्स्टियन लेनमा रहेको छ। आयकरको टोलीले आज बिहानैदेखि अनुसन्धान गरिरहेको छ। विनोद चौधरीको कम्पनी सीजी कर्प ग्लोबल र समूहका अन्य कम्पनीले पर्याप्त आयकर नतिरेको सूचनाका आधारमा आयकर विभागले यो कारबाही सुरु गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।

असम बाहेक कोलकाता, सिक्किम, राजस्थान र केही अन्य राज्यहरूमा पनि आयकरका छापाहरू भइरहेको छ। सीजी ग्रुप ग्लोबलको सहायक कम्पनी सीजी फूड इन्डिया प्राइभेट लिमिटेड राजस्थानको अजमेर जिल्लाको रुपनगढमा स्थापना भइरहेको ग्रीनटेक मेगा फूड पार्कको प्रमुख संस्थापक हो।

उपलब्ध कागजातको जाँचका आधारमा आयकर अधिकारीले ग्रीनटेक मेगा फुड पार्कका अन्य संस्थापकको कम्पनीमा पनि छापा मारेका छन् ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट