sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विदेशी पर्यटकलाई भव्य स्वागत

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १२:१0
विदेशी पर्यटकलाई भव्य स्वागत
  • रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत 
  • सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै
  •  १३ गते  काठमाडौंबाट आउने साइकलयात्रीहरुलाई स्वागत गरेर दिवसको समापन हुने 

बुटवल ।।

४४औं विश्व पर्यटन दिवसमा रुपन्देहीको बेलहिया नाका र लुम्बिनीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको स्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीले बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने ५ जना विदेशी पर्यटकलाई स्वागत गरेको हो ।

विदेशी पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्न जापानी मूलका ५ अमेरिकी नागरिकलाई नेपाली संस्कृति अनुसार ढाका टोपी, रातो टीका र खादा लगाइदिएर स्वागत गरेको नाट्टाकी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उनले आज दिनभरि नै पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने तयारी गरिएको बताइन् । दिवसको समापन १३ गते  काठमाडौंबाट आउने साइकलयात्रीहरुलाई स्वागत गरेर गरिने पन्तले बताइन् ।

यस्तै ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा बुधबार बिहान पर्यटकलाइ स्वागत गरिएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले चीन र फ्रान्सबाट आएका पर्यटकलाई मायादेवी प्रवेशद्वारमा स्वागत गरेका हुन् । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले संयुक्त रूपमा पर्यटकलाइ खादा र उपहार दिएर स्वागत गरेका हुन् । पर्यटकलाई स्वागत गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै लुम्बिनी भ्रमणका लागि आहृवान गरे । उनले विश्व पर्यटन दिवसको अवसर विश्वले बुद्वजन्मस्थल लुम्बिनीलाई बौद्विष्टहरूको भ्रमण केन्द्रको थलो बनाउन आग्रह गरे ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid