May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १0:१३
लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

गोरखा, ११ असोज ः लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्र्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ ।

लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहाने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिनुभयो ।

अगामी कात्तिक १ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले यही असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने उहाँको भनाइ छ । अभियानले यस पटक एघारौँ संस्करणको लिगलिगे दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने धावकलाई एक वर्र्षका लागि लिगलिगकोटको साङ्केतिक राजा घोषणा गर्ने प्रचलन रहँदै आएको छ ।

गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर समापन हुने गर्दछ ।

प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई नगद रु एक लाखसहित श्रीपेच पगरी, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको अध्यक्ष थापामगरले बताउनुभयो । मेन इलिट ९खुला० प्रतियोगितातर्फ सहभागी खेलाडीले निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी पार गर्नुपर्नेछ ।

प्रतियोगितामा दोस्रो हुनेलाई रु ५० हजार, तेस्रो हुनेलाई रु २५ हजार, चौथो हुनेलाई रु १४ हजार र पाँचौँ हुने विजेतालाई रु १० हजार पुरस्कारको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । तीन समूह चरणमा हुने प्रतियोगितामा स्थानीयवासी र विद्यार्थीले पनि छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।

स्थानीय खुलातर्फ भाग लिएर विजेता हुन खेलाडीमध्ये प्रथम हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार तथा तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । विद्यार्थीतर्फ प्रतियोगितामा सहभागी हुन पाउने १८ वर्र्षभन्दा मुनिका छात्रले भने पालुङटार नगरपालिका–३ को मैवलबाट कालिका मन्दिरसम्मको तीन किलोमिटर दौड पूरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ । विसं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १0:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।