April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:५१
गुल्मीमा पहिरो जाँदा रिडी‐रुद्रवेणी सडक अवरुद्ध

गुल्मी- गुल्मीमा पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी‐रुद्रवेणी सडक खण्डमा ठूलो पहिरो खसेपछि गएरातिदेखि गाडी आवतजावत दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रुरुक्षेत्र गाउँपालिका-१ अन्तर्गत रिडी बजार नजिकै रहेको विष्णुपञ्जरमा गएराति सडक माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेको हो । इलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरी टोलीले बिहानैदेखि पहिरो पन्छाउने काम गरिरहेको छ। रिडी‐रुद्रवेणी‐वामीटक्सार हुँदै बाग्लुङ जिल्लाको बुर्तीवाङसम्म पुग्ने सडक बन्द हुँदा गाडी बीच बाटोमै रोकिएका छन् । यस्तै, पाल्पा बुटवल लगायत जिल्लाका लागि छुटेका गाडी गएरातिदेखि रोकिँदा यात्रु समस्यामा परेका छन् । सडक सञ्चालनका लागि प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज ११, २०८० १३:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।