April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो

कोशी अधिवेशनमा एमाले अध्यक्ष दाबेदारबीच द्वन्द्व

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:४१
कोशी अधिवेशनमा एमाले अध्यक्ष दाबेदारबीच द्वन्द्व
  • कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै
  • अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने
  • अध्यक्षका अर्का दोबदार वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने पछि हटे

विराटनगर ।।

नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । यसअघि मोरङको विराट चोकमा गर्ने तयारी भएपनि पहिचान पक्षधरले अवरोध गर्न सक्ने भएका कारण विराटनगरमा सारिएको हो । दुई दिनसम्म चल्ने पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रमुख दाबेदार छन् ।

अध्यक्षका अर्का दोबदार वर्तमान अध्यक्ष तुलसीप्रसाद न्यौपाने पछि हटेका छन् । वर्तमान उपाध्यक्ष टीकाराम चेम्जोङले पनि दाबी छाडेका छैनन् । तर उनी पुन: उपाध्यक्षमा नै दाेहाेरिने सम्भावना छ । बिहीबार प्रदेश कमिटीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा एमाले सचिव रघुवीर महासेठले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका थिए । नभए चुनाव हुने उनकाे भनाइ छ । केन्द्रबाट महासेठले खतिवडाकाे पक्षकाे लाइन लिएर आएका छन् । उनीसहित प्रदेशका केन्द्रीय नेताहरु ढकालकाे विपक्षमा छन् ।

एमाले नेताहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीले घनश्याम खतिवडाको नाममा सहमति जुटाउन भनेका छन् । तर दुई कार्यकाल माेरङकाे अध्यक्ष बनेका विनोद ढकालले दाबी छाडेका छैनन् । ढकालले पार्टी भित्रको लोकतन्त्रका लागि निर्वाचन गर्नुपर्ने अडानमा छन् । ढकालले दाबी छाडेकाे अवस्थामा भने सर्वसम्मत नेतृत्व चयन हुने प्रदेश कमिटी स्राेतले बताएकाे छ । नेताहरुका अनुसार गृह प्रदेश भएका कारण अध्यक्ष ओलीले कोशीमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गराउने पक्षमा छन् । यसअघि उनले बागमतीमा र लुम्बिनीमा पनि सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर लुम्बिनीमा निर्वाचनबाट नेतृत्व चयन गरियो भने बागमतीमा शुक्रबार मतदान हुँदैछ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।