May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

कीर्तिपुर मञ्जुश्री पार्कमा दशै महोत्सव सुरु

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० 0७:३0
कीर्तिपुर मञ्जुश्री पार्कमा दशै महोत्सव सुरु

काठमाडौं । दशैं पर्वलाई पारिवारीक उत्सवसहित मनाऔं, भन्ने नारासहित कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना गरिएको छ । विहिबार कीर्तिपुर नगरपालिका उप प्रमुख शुभ लक्ष्मी शाक्य (सुनीता) ले दशै महोत्सव–२०८० को उद्घाटन गरेकी हुन् । कीर्तिपुर नगरपालिकाको सहयोगमा शान्ति फाउनण्डेसन र रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको दसदिने दशैं महोत्सवमा हस्तकला, हार्डवेयर र खानाका विविध परिकारसहित एकसय भन्दा बढि स्टलहरू राखिएका छन् ।

शान्ति फाउण्डेसनका संस्थापक शान्ति लामाले यस मेलामा बालबालिकालाई लक्ष्यित गरी मनोरञ्जनात्मक खेल,स्थानीय कलाकारहरूको नृत्य, गीतको प्रस्तुतीसहित दशैं पर्वमा आवश्यक तथा दैनिक जीवनमा आवश्यकता पर्ने कपडादेखि श्रृङ्गार, खेलकुद, सजाउने सामाग्री र खानाका थुप्रै परिकार महोत्सवमा उपलब्ध रहेको जानकारी दिइन् ।

उनले विशेष गरी महिलाले उत्पादन गरेका सामग्रीहरूको बजारीकरणका लागि मञ्च उपलब्ध गराउने लक्ष्यले फाउण्डेसनको पहिलो प्रयास स्वरूप महोत्सवको आयोजना गरी उपभोक्ता वर्गलाई सस्तो सुलभ सामग्री दिने प्रयास गरिएको बताइन्।

त्यसैगरी रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरका प्रोपाइटर रजनी राई चित्रकारले महिला उद्यमीले उत्पादन गरेका विभिन्न सामग्रीहरू एकै थलोमा बेच्ने ठाउँको प्रवन्धको लागि दशैं महोत्सवको आयोजना गरिएको जानकारी दिइन्।

उनले नेपालीहरूको महान चाड दशैं पर्वमा चोभारको मञ्जुश्री पार्कमा आएर उपभोक्ताहरूले सुलभ मुल्यमा आवश्यक सामान किन्न सकुन् र महिला उद्यमीले पनि आफुले उत्पादन गरेको वा खरिद गरेर बेच्न राखिएका विभिन्न सामानहरू थुपारेर राख्नुभन्दा सस्तो मुल्यमा कम नाफा राखेर बेच्ने अवसरका लागि दशै महोत्सवको आयोजना गरिएको बताइन्।

यस महोत्सवमा बाँस, निगालो, थाकल,मकैको खोस्टा, बावियो, छ्वाली, काठ, माटोबाट बनेका हस्तकलाका आकर्षक सामग्रीहरू राखिएका छन् । ढाका, पस्मिनालगायत हातले घरेलु तानमा बुनेका कपडाहरू, हार्डवेयरका सामग्री, जुत्ता, चप्पल,खुकुरीहरू पनि छन् ।

त्यसैगरी सिलाम, अचार, महलगायतका खाद्य सामग्री र खेलौना, महिलाका लागि श्रृङ्गारका सामग्रीहरूसहित थुप्रै खानाका परिकारका स्वाद लिन महोत्सवमा आउन आयोजकले आग्रह गरेका छन् । यस महोत्सव कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० 0७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।