May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सिन्धुली दुर्घटना अपडेट : गर्भवती शिक्षिकासहित १० घाइते, केही शिक्षकको अवस्था गम्भीर

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १२:४७
सिन्धुली दुर्घटना अपडेट : गर्भवती शिक्षिकासहित १० घाइते, केही शिक्षकको अवस्था गम्भीर

राहत शिक्षकको काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन आउँदै गरेका शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा घाइते भएका ९ शिक्षकमध्ये केहीको अवस्था रहेको प्रहरीले जनाएको छ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा शिक्षकहरु सवार मधेश प्रदेश ०४-००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान शुक्रबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार घाइतेमध्ये कमलामाई नगरपालिका- १ घर भएका ३४ वर्षीय मुकुन्द थापाको अवस्था गम्भीर छ। उनको टाउकोमा गहिराे चोट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिए।

दुर्घटनामा कमलामाई- ६ घर भएका शिक्षक ४६ वर्षीय निरकुमार चालिसेका दुबै हात भाँचिएका छन् भने शरीरको विभिन्न भागमा चोट छ।

दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका- १० गर्भवती ४० वर्षीया गार्की बस्नेत पनि पनि घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी सिन्धुलीकै तीनपाटन गाउँपालिका- १० का ४० वर्षीय राजन कार्कीको दाहिने हात र बायाँ खुट्टा दुर्घटनामा भाँचिएको छ।

दुर्घटनामा सिन्धुलीको कमलामाई- ५ कि ४६ वर्षीया कमला घिमिरे, कमलामाई- १ का ४१ वर्षीय भुवन थापा, कमलामाई- ४ कि ४० वर्षीया बबिता देवकोटा, कमलामाई- ६ का ६४ वर्षीय विष्णु ढकाल, उनका छोरा ११ वर्षीय निश्चल ढकाल र सोही ठाउँका ४० वर्षीय सरोज थापा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले दिएको जानकारी अनुसार भ्यान दुर्घटनामा ९ जना शिक्षक घाइते भएका छन्। भ्यानमा चालकसहित ११ जना सवार थिए।

‘बोहोरेटारको साँघुरो टर्निङमा भ्यान सडकबाट तल खसेर दुर्घटनामा परेको छ,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘दुर्घटनाका घाइतेलाई धुलिखेलतर्फ लगिएको छ। घाइते अझै अस्पताल पुगिसकेका छैनन्।’

काठमाडौंमा जारी राहत शिक्षकको आन्दोलनमा सहभागी हुन सिन्धुली सदरमुकामबाट काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको भ्यान दुर्घटनामा परेको हो।

दुर्घटनापछि भ्यान चालक सिन्धुलीको कमलामाई नगरपालिका- ८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १२:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।