May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रुपन्देही प्रशासनद्वारा भैरहवा विमानस्थलको छानविन हुँदै

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:१८
रुपन्देही प्रशासनद्वारा भैरहवा विमानस्थलको छानविन हुँदै
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देही प्रशासनले छानबिन गर्दै 
  •  आइतबार सम्बन्धित पक्षलाई छलफलका लागि बोलाइयो 
  • मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालन समेत भएपछि…..

बुटवल ।।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको ४ बिघा १७ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भन्दै उजुरी आएपछि प्रशासनले छानबिन थालेको हो । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासन कार्यालयले आन्तरिकरुपमा छानबिन र अनुसन्धान गरिरहेको र आइतबार सम्बन्धित पक्षलाई छलफलका लागि बोलाएको बताए ।

‘मालपोत र विमानस्थल आयोजनालाई जग्गाको आधिकारिकता उपलब्ध गराउन निर्देशन दिएका छौं’ रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘जग्गासम्बन्धी सबै कागजात र प्रमाणसहित आइतबार सम्बन्धित पक्षलाई छलफलमा बोलाएका छौं ।’ ५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालन समेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । स्थानीय सुर्जा मिश्राइनको हक भोगमा ३० बिघा १४ कठ्ठा १४ धुर जमिन रहेकोमा हदन्दीका कारण २०२२ पुस २० मा उनले हदबन्दीभन्दा धेरै जमिन स्थानीय काली मन्दिरका नाममा दिएकी थिइन् ।

निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो । विभिन्न व्यक्तिबीच विवाद भए पनि २०३६ जेठ १८ मा सर्वोच्च अदालतको फैसलाले रमाकान्त मिश्र हकदार सावित भएका थिए । रमाकान्तका नातेदार सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा मालपोत कार्यालय रूपन्देहीले ७ कित्तामा रहेको ४ बिघा १७ कठ्ठा ६ धुर जमिन गत वैशाख ८ मा दर्ता गरिदिएको हो ।

आफ्नो नाममा आएको जमिन पर्वतराजकान्तले विभिन्न मितिमा बिक्री गरेर बाँकी रहेको १ बिघा १ कठ्ठा जमिन विमानस्थल निर्माण हुँदा अधिग्रहणमा परेपछि मुआब्जा लिएका थिए ।विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिका नाममा लैजाँदा मालपोतले मुआब्जा वितरण समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसँग भने कुनै परामर्श नलिएको पाइएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट