May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

नागरिकता बनाएकोमा नक्कली बाबु छोरा नै जेल चलान

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १४:३५
नागरिकता बनाएकोमा नक्कली बाबु छोरा नै जेल चलान
  • नक्कली बाबु बनाएर नागरिकता लिएको खुलाशा 
  • ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बु पुर्पक्षका लागि कारागार चलान
  • सुरुमा पाँच लाख, पछि ३५ लाखको आश्वासन

 विराटनगर ।।

पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् ।

बाबु बनेर नागरिकता दिलाएको आरोपमा पूर्वबेलायती सैनिक ६१ वर्षका सूर्यहाङ लिम्बु र नागरिकता दिलाउन सहजीकरण गरेको आरोपमा ६० वर्षका सूर्यबहादुर फयाङ लिम्बु पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार पोखरा उपमहानगरपालिका-१० का २१ वर्षीय रविन गुरुङ, पोखरा–१२ का १९ वर्षीय प्रशान्त मगर र पोखरा-१६ का २९ वर्षीय गणेश गुरुङले मोरङको बेलबारी नगरपालिका-११ ठेगाना र पूर्व सैनिक सुर्यहाङ लिम्बूको छोरा बनेर नागरिकता लिएका छन् ।

२४ माघ २०७८ मा नागरिकता लिएका उनीहरु फरार रहेका प्रहरीको भनाइ छ । प्रहरीले यो घटना अनुसन्धानका क्रममा ५ असारमा ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थायी ठेगाना भइ मोरङको लेटाङ नगरपालिका–७ मा बस्दै आएका ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको थियो ।

उनको बयानका आधारमा ६ असारमा सुनसरीको धरान उपमहानगरपालिका-११ का ६० वर्षीय सूर्यबहादुर फयाङ लिम्बू पक्राउ परेका थिए । सूर्यहाङ र सूर्यबहादुर दुवै जना भूतपूर्व बेलायती सैनिक हुन् । उनीहरुको जागिरकै सिलसिलामा चिनजान भएको पाइएको प्रहरीको भनाइ छ ।

सुरुमा पाँच लाख, पछि ३५ लाखको आश्वासन

बेलायती सेनामा काम गरेका नेपालीहरुलाई बेलायत सरकारले त्यहीँ बसोबासको व्यवस्था गरेको छ । बेलायती सेनामा जागिर खान पनि पूर्व गोर्खा सैनिकका परिवारलाई सहज हुन्छ । त्यसैले सहज रुपमा बेलायत जान र जागिरका लागि विचौलियाले नक्कली बुबा खोज्दै तीन युवालाई धरान हुँदै मोरङको लेटाङसम्म ल्याएको थियो ।

नक्कली बुबा बनिदिए बापत सूर्यहाङले सुरुमा जनही पाँच लाख पाएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । उनलाई बेलायत पुगेर जागिर सुरु गरेपछि थप ३५ लाख दिने आश्वासन दिइएको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार पोखराका तीन युवालाई नक्कली बाबु खोज्दै पोखराकै टेकबहादुर गुरुङले मोरङ ल्याएका थिए ।

सूर्यबहादुरसँग चिनजान भएका टेकबहादुर धरान आएका थिए । सूर्यबहादुरले सूर्यहाङसम्म पुर्याएका थिए । तीन जना छोरी भएका सूर्यहाङले पैसा पाउने भएपछि बुबा बनेर नागरिकता बनाइदिन राजी भएका प्रहरी स्रोतको दाबी छ । ‘नागरिकताका लागि टेकबहादुर हुँदै सूर्यबहादुरबाट सूर्यहाङसम्म पुगेको देखिन्छ’, प्रहरी स्रोतले भन्यो, ‘पैसा पाउने भएपछि सूर्यहाङ बुबा बन्न राजी भएको देखियो ।’

प्रहरीले सूर्यहाङ र सूर्यबहादुरविरुद्ध झुटो नागरिकता बनाएको कसूरमा अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश प्रकाश कोइरालाको इजलासले सूर्यहाङ र सूर्यबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

आदेशपछि दुवै जनालाई सोमबार कारागार चलान भएका छन् ।

  • साझा परिवेश
  • बुधबार, साउन ३, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।