May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुने

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:४७
भक्तपुरको मध्यपुर थिमिमा आज जिब्रो छेड्ने जात्रा हुने

मध्यपुर थिमिमा शुक्रबार राति जिब्रे छेड्ने जात्रा हुने
प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा हुने

भक्तपुर। भक्तपुरको मध्यपुर थिमिमा शुक्रबार राति जिब्रे छेड्ने जात्रा हुने भएको छ। प्रत्येक वर्ष येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा हुने गर्दछ।

जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका-५ दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबाली हुने गर्दछ। विस्केटमा हुने जिब्रो छेड्ने जात्रा दिउँंसो हुने गरे पनि यहाँं भने राति मात्रै जात्रा हुने गर्दछ।

यसवर्ष मध्यपुर थिमि नगरपालिका-५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रोपटक जिब्रो छेड्ने साहसिक कार्य गर्दैछन्। यसअघि उनले पहिलोपटक २०७५ सालमा जिब्रो छेडेका हुन्। जिब्रो छेड्ने दिन जिब्रो छेड्ने व्यक्तिले दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ। यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नु पर्दछ।

जिब्रो छेड्ने दिनमै बेलुकापख साँझ बालकुमारीदेखि दिगु भैरवसम्मको स्थानमा बत्ती दिन गइन्छ। त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ। यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैविक शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पुर्‍याइन्छ।

सयौं जनमानस सामु जामनः गुरु, नायःपमा, नकर्मी नाईकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । जिब्रो छेडेपछि झण्डै ४० किलोग्रामको भ्ये (महादीप ) बोक्न लगाई उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गर्दछ ।

यसवर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पशुपतिमा राति नै पैदल जाने छन् । जिव्रो छेडिसकेपछि यसवर्ष मध्यपुर थिमि नगरपालिका ५ दिगुटोलबाट चोडे टोलको कामदेव, महालक्ष्मी, निलवर्ष गणेश मन्दिर दर्शनसँंगै सिद्धिकाली माइको मन्दिर भई सिद्धिकाली चोक पुग्नेछ ।

त्यहाँंबाट पुनः सानोठिमी, सिनामंगल, महादेव चोक हुँंदै एयरपोर्ट १० नम्वर गेट, सान बैंक्वेट चोक हुँैदै एयरपोर्टसँंगैको बाटो हुँंदै गुहेश्वरी मन्दिर दर्शन गरी पशुपतिनाथ दर्सन गर्ने र सोही बाटो भई मध्यपुर थिमि फर्कने कार्यक्रम तालिका रहेको जात्रा व्यवस्थापन समितिका संयोजक चन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

राति नै पैदल हिँडेर हुने यो यात्रा आवत र जावत गरी कुल मध्यपुर थिमिदेखि काठमाडौंसम्म मात्रै १७ किलोमिटर रहेको जनाइएको छ ।

इच्छाएको ठाँउमा परिक्रमा गरेपछि मध्यपुर थिमिको बालकुमारी मनिदरमा पुगी कमी नायोले सुइरो निकालिन्छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ ।

मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३५० वर्ष भन्दा पहिलादेखि नै जिब्रो छेड्ने जात्रा शुरु भएको र एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको दखिएको बताइएको छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने गरिन्छ ।

त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाइन्छ । भोज खाईसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्न गरिन्छ ।

जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमाका लागि गरेको पाइएको जनाइएको छ । जनाइएअनुसार यस ऐतिहासिक जात्रा २०२६ सालदेखि लुप्त भइसकेको थियो ।

यस्तो अवस्थामा पुन संचालन गर्न वि.सं. २०५० सालबाट मध्यपुर थिमि चोडे टोल निवासी कृष्णनानी श्रेष्ठले ३ पटक जिब्रो छेडेर जात्रालाई जीवन्तता प्रदान गरेका थिए ।

जिब्रो छेड्ने जात्राका क्रममा थुप्रै व्यक्तिहरुलाई भोज खुवाउनुपर्ने तथा जात्राको प्रबन्ध पनि आफैँ मिलाउन पर्ने भएकोले थुप्रै रकमको आवश्यकता पर्ने बताइएको छ ।

आफनो जिब्रो छेड्नु अनि जात्रा खर्च पनि आफै मिलाउन पर्ने जस्ता विविध समस्याले गर्दा विगत २०६३ सालदेखि संचालन हुन नसकेको स्थानीयले बताए ।

२०७४ सालबाट स्थानीय युवाहरु, संस्कृतिप्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भइ जात्राको सम्पादन र व्यवस्थापन गर्न यया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरिएको थियो ।

जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुर थिमि-४ बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले दुई पटक (बि.सं.२०७४ र २०७९ ) जिब्रो छेडेर लोपन्मुख जात्रालाई निरन्तरता दिएको थियो ।

जात्राको क्रममा यसवर्ष पनि नौ लाख खर्च हुने अनुमान छ । जात्राका लागि आवश्यक खर्च मध्यपुर थिमि नगरपालिकाले व्यहोरिदिने मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए । यो वर्ष जिव्रो छेडाउने बालकराम नानी श्रेष्ठका अनुसार जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडिदेखि नै तयारी गर्नुपर्ने हुन्छ ।

जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिना अगाडि नातु बनाउने नकर्मीलाई खबर गर्ने जानु पर्दछ । नातु बनाउन खबर गर्न जादा पुजा लिएर नकर्मीको घरमा जान्छ । नकर्मीले नातु बनाइसकेपछि ३ हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राखेको हुन्छ ।

यस जात्रामा तीनतिर भएको नातु (सुइरो) बनाएको हुन्छ । जिब्रो छेड्ने आठ दिन अगाडि द्यः दुसालेगु भनी बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) तथा रातो भालेको वली दिएर बालकुमारीको साधना गरिन्छ । जिब्रो छेडाउदा तत्कालिन राज्य संचालकहरुको सहभागितासमेत भएका देखिएको बताइएको छ ।

जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमा तत्कालिन राज्य संचालक) हरुले अहिले पनि हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर जात्रामा डबलीमा राखेको हुन्छ ।

इन्द्र जात्राको दिनमा बालकुमारीमा रातो भालेको बलीसहितको पूजा गरी भोज खाइन्छ । त्यसैको भालिपल्ट येंया पुन्हीको दिनमा जिब्रो छेड्ने व्यक्ति मध्यपुर थिमिको श्रेष्ठ थरको नै हुनुपर्ने भएता पनि यां मता (आकाशदीप) मानन्धरहरुले बोक्नुपर्ने हुन्छ।

त्यस्तै नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखी बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेकोमा यो जात्रा सम्पूर्ण थिमिबासीको सामुहिक सहभागितामा संचालन हुने जात्राको रुपमा रहने बताइयो ।

पौराणिक कथन अनुसार परापूर्वकालमा मध्यपुर थिमिका स्थानीय बासिन्दाहरुमा विभिन्न खालका रोग, डर र भयले त्रसित बनाई दिई भयवित मानवविय मनलाई शान्ति दिलाई सुख चयनले बाच्न दिने अभिप्रायले कल्याणी भाव भएका एक महान् मानवले आराध्येदेवी श्री बालकुमारी माईको साधन गरी वहांको दिव्य उपदेशलाई मनन गरी थिमि बासीहरुको साथ सहयोग लिई भाद्र शुक्ल पुर्णिमाका दिन एक साहसिक निर्भिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर मेंय् प्वाः खना) नगर परिक्रमा गराइएको थियो ।

ती साहसिक व्यक्तिले आफनो पीडालाई वास्ता नगरी थिमि भेगको मात्र होइन, आफनो बस्ती आसपासमा पनि भुत प्रेत र पिचास होलान् र तिनीहरुलाई पनि भगाउनुपर्छ, नत्र बाहिरको त्यस्ता पिचासहरु फेरि पनि दुख देला भनी सोचेर चांगुनारायण, गुहेश्वरी, पशुपति आदि बस्तीहरुमा भ्ये (महादिप) तथा आकाशदिप (यां मता) लिई घुमेर यस नगर क्षेत्रको मानव मनलाई शान्तिको महसुस दिलाई चयनका साथ बस्न लाएको, बस्तीमा सुरक्षा र सहकाल आएको आम जनधारण रहेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।