May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

एमालेको संकल्पयात्रा जारी

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:५८
एमालेको संकल्पयात्रा जारी
  • ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरियो 
  • पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा

विराटनगर ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट- चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोसी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ ।

ओलीसहित टोलीलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट ठूलो संख्यामा नेता-कार्यकर्ता तथा सर्वसाधारण उपस्थित रहेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले बताए । ओखलढुंगाको हर्कपुरमा सभा गरेर ओलीसहितका नेताहरू सोमबार नै खोटाङको हलेसी पुग्ने खतिवडाले जानकारी दिए ।

मध्यपहाडमा रित्तिँदै गएको बस्ती, कृषिको अवस्था, पूर्वाधारको अवस्थिति, राज्यका तर्फबाट मध्यपहाडमा शिक्षा, स्वास्थ्य र सडकका क्षेत्रमा गरिएको लगानी र त्यसको प्रभाव के छ भन्ने बुझ्न अभियान केन्द्रित हुने खतिवडाले बताए । उनले भने, “समस्या बुझ्न र गुमेको साख फर्काउने प्रयासस्वरूप अभियान सञ्चालन गरिएको हो ।” एमाले नेताको विरोधस्वरूप पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा गरिएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १५:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।