April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:४६
एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

१९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश

 

चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

वरियताका आधारमा सिधै क्वार्टरफाइनलमा स्थान बनाएको नेपालले प्यालेस्टाइनलाई हराएको थियो ।

नेपालले भोलि शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा दुवै समूह खेल शनिबार हुनेछ । सेमिफाइनलमा शीर्ष दुईमा स्थान बनाए फाइनलमा पुग्दै पदक जित्नेछ ।

नेपाली टोलीमा सुविन महर्जन (कप्तान), दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन् । टिम व्यवस्थापकमा भिक्टर पौडेल छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।