December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:३२
डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै
  • केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढ्दै 
  • दैनिक १ हजारदेखि १ हजार ४०० जनासम्म संक्रमित
  • तीन दिनमा तीन हजार ४२९ जना संक्रमित थपिए

काठमाडौं ।।

पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । दैनिक एक हजारदेखि एक हजार ४०० जनासम्म संक्रमित भएको इपीडीमियोलोजी तथा रोग नियन्त्राण महाशाखा (इडीसीडी)को तथ्यांक छ । इडीसीडीका अनुसार जनवरीयता २४ सेप्टेम्बरसम्म २९ हजार ४६८ जना संक्रमित भएका छन् ।

त्यसयताका तीन दिनमा तीन हजार ४२९ जना संक्रमित थपिएका छन् । सेप्टेम्बर २८ सम्म आइपुग्दा देशभर ३२ हजार ८९७ जनामा डेंगी पुष्टि भएको इडीसीडीको तथ्यांक छ । जसमा काठमाडौं उपत्यकामा मात्रै एक हजार १२१ जना संक्रमित भएका छन् । सेप्टेम्बरका २७ दिनमा ११ हजार २०८ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।