July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

अर्थमन्त्रीले करको दरलाई लिएर पदको बाजी नराखेको भए हुन्थ्यो : डा. खतिवडा

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:५0
अर्थमन्त्रीले करको दरलाई लिएर पदको बाजी नराखेको भए हुन्थ्यो  : डा. खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले करका दरलाई लिएर पदको बाजी नराख्न अर्थमन्त्री डा. प्रकाशरण महतलाई सुझाव दिएका छन् । अर्थमन्त्री डा. महतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा करका दर कसैको दबाबमा हेरफेर गरेको प्रमाणित भए पदमा नबस्ने बताएका थिए । त्यसको जवाफमा डा. खतिवडाले पदको बाजी नराख्न सुझाव दिएका हुन् ।

आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले भने, ‘करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुन्छ । त्यो दुई प्रकारको आवश्यकताले हुन्छ । एउटा-प्रणालीको आवश्यकताले, अर्को-व्यवसायीको आवश्यकताले । त्यसकारण भोलि प्रश्न उठ्यो भने जवाफदेही त अर्थमन्त्री हुनैपर्छ, पदको बाजी नै नराखेको भए हुने ।’

खतिवडाले प्रणालीकै आवश्यकका आधारमा करका दर फेरिएको हुन सक्ने भन्दै आफू त्यसमा विश्वस्त रहेको बताए ।
अर्थमन्त्री मात्र इमान्दार भएर नहुने भन्दै उनले कर्मचारीतन्त्र पनि इमान्दार हुनुपर्ने बताए । हरेकपटक दर हेरफेर गर्दा शंका गर्ने हो भने आर्थिक अध्यादेश नै नल्याए हुने भन्दै उनले प्रणालीको आवश्यकताले गरेको भए शंका गर्न नहुने बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १७, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्