May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा, अविनाशले लिए ६ विकेट

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:१0
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा, अविनाशले लिए ६ विकेट

काठमाडौं : नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको खेलमा माल्दिभ्स २ बल अगावै अलआउट हुँदै ७४ रन बनायो।

नेपालका लागि अविनाश बोहोराले कीर्तिमानी ६ विकेट लिए। त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक-एक विकेट लिए।

यसअघि नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले २१२ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। २७ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ५२ रन बनाए भने कुशल मल्ल ४७ रनमा अविजित रहे। २० बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै कुशल भुर्तेलले ३५, आसिफ शेखले ६, विनोद भण्डारीले १३, सुन्दीप जोराले ५ रन, गुल्शन झाले ३५ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर आउट भएका थिए। सोमपाल कामी एक रनमा अविजित रहे।

माल्दिभ्सका लागि नवाज इश्लामले सर्वाधिक तीन विकेट लिएका थिए।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।