May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रधानमन्त्रीको निर्देशनपछि आयल निगमले लियो मूल्यवृद्धि फिर्ता

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:00
प्रधानमन्त्रीको निर्देशनपछि आयल निगमले लियो मूल्यवृद्धि फिर्ता

नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले शनिबार राति गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ।

प्रधानमन्त्री दाहालले चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगमका पदाधिकारीलाई बोलाएर निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको हो।

प्रधानमन्त्रीको निर्देशन लगत्तै निगमले विज्ञप्ति जारी गर्दै मूल्य फिर्ता लिएकोबारे जानकारी गराएको हो।

निगमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको निर्देशन बमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी हाल भएको मृल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि गर्ने निर्ण आजै राजराति १२ बजेबाट लागू हुनेगरी फिर्ता लिएको व्यहोरा जानकारी गराइन्छ।’

शनिबार मात्रै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २,डिजेलमा र मट्टितेलमा ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो। यस्तै हवाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको हो।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट