May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ? राष्ट्रपतिका आर्थिक विज्ञ चिरञ्जिवी नेपालको राजिनामा स्वीकृत स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी

एकता हुन हाम्रो नीतिसँग सहमत हुनुपर्छ : ओली

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १३:५६
एकता हुन हाम्रो नीतिसँग सहमत हुनुपर्छ : ओली
  • एमालेका नीतिसँग सहमत नहुनेसँग एकता हुँदैन 
  • दुई वटा अध्यक्ष राखेर पार्टी एकता हुन नसक्ने
  • स्वार्थका लागि काम गर्नेसँग एकता हुन सक्दैन 

काठमाडौं ।। 

नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले एमालेका नीतिसँग सहमत नहुनेसँग एकता नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको नीति र संगठनको सुप्रिमेसीलाई खुलस्त स्वीकारेर समाहित भएमात्र एकता गर्न सकिने धारणा राखेका हुन्। विगतमा एकताको अनुभव हासिल गरिएको बताउँदै उनले दुई वटा अध्यक्ष राखेर पार्टी एकता हुन नसक्ने प्रष्ट पारे। उनले भने,‘हामीले आफ्नो शक्ति बनाएर अगाडि बढ्नुपर्छ। बैसाखी टेक्ने, लौरो टेक्ने भन्ने हुँदैन, आफैँ बलियो बन्नुपर्छ। एमालेका उद्देश्यलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्छ।’

उनले वामपन्थी एकता सुन्दा राम्रो सुनिएपनि अरुका स्वार्थका लागि काम गर्नेसँग एकता हुन नसक्ने स्पष्ट पारे। पार्टी एकता अर्कोले पनि आवश्यकता छ भन्ने ठानेपछि मात्र एकता हुने उनको भनाई छ। ओलीले झण्डा र व्यानर जति भएपनि नेपालमा प्रगतिशिल शक्ति र दक्षिणपन्थी गरी दुईथरी शक्ति मात्र रहेको उल्लेख गरे। ओलीले एकताको मन्त्र जपेर मात्रै पार्टी एकता नहुने स्पष्ट पारे।पूर्वप्रधानमन्त्री ओलीले आफू सरकारमा हुँदा संसदबाट सर्वसम्मत रुपमा नयाँ नक्सा जारी गर्नुका साथै कार्यकालमा गरेका कामसमेत स्मरण गराए।

ओलीले एमाले देश बनाउने पार्टी भएकाले अनुशासित सक्रियता आवश्यकता रहेको बताए। उनले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’अभियान सकेर आएपश्चात शान्तिपूर्ण ढंगले आन्दोलनकारी ढंगले अगाडि बढ्ने स्पष्ट पारे। उनले भने,‘हामी हिंसाको बाटो जादैनौं। गम्भीर छलफल गर्छौैं। मैदानमा उत्रिन्छौं। जनताको बल प्रयोग गरेर अगाडि बढ्छौं, जनता सार्वभौम हुन्। देशलाई यस्तो अस्थिर अवस्थामा बस्न दिँदैनौं।’ ओलीले प्रतिगमनतिर जानका लागि सरकारलेअनुकुल वातावरण तयार गरेको र प्रतिगामी शक्तिलाई उठ्ने मौका दिएको समेत आरोप लगाए।

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट