April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

शिक्षक राजनीतिबाट टाढा बस्नुपर्छ , कसैका लागि भोट माग्ने काम गर्न हुँदैन : शिक्षामन्त्री राई

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:१३
शिक्षक राजनीतिबाट टाढा बस्नुपर्छ , कसैका लागि भोट माग्ने काम गर्न हुँदैन : शिक्षामन्त्री राई
  • शिक्षकलाई राजनीतिबाट टाढा राख्न चाहेको अशोक राईको धारणा 
  • आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन
  • कसैका लागि भोट माग्ने काम गर्न हुँदैन

काठमाडौं ।।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकबारे धारणा राख्दै मन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको तर कुनै दलमा आवद्ध हुन नपाउने जानकारी दिए । ‘शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ । आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन, शिक्षाको गुणस्तरलाई प्रभाव पार्नुहुदैन । उहाँहरुले कसैको सदस्यता लिएर, कसैका विरुद्ध, कसैका लागि भोट माग्ने काम गर्न हुँदैन भन्ने राखिएको छ’, शिक्षामन्त्री राईले भने ।

शिक्षामा योग्य व्यक्तिलाई ल्याउन राम्रो सेवा सुविधा दिनुप¥यो भन्ने विषयमा पनि संसदीय प्रक्रियामा विधेयकमा समावेश गर्न सकिने मन्त्री राईले बताए ।विधेयकमा मातृभाषामा शिक्षा प्राप्त गर्ने, परम्परागत शिक्षालाई व्यवस्थित गर्ने लगायतका विषय पनि रहेको उनले बताए । शिक्षा विधेयक संसदमा पेश भएपछि यसमा संशोधन र परिमार्जनका प्रस्ताव र दफाबार छलफलबाट अझै समृद्ध बनाउन सकिने पनि मन्त्री राईको भनाइ छ । विद्यालय शिक्षा विधेयक आइतबार प्रतिनिधिसभामा दर्ता भएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।