May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

शान्तिनगरको वाग्मती पुलनजिकै खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १६:२१
शान्तिनगरको वाग्मती पुलनजिकै खाल्डोमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु
  • खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु
  • चालकको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार हुँदै 
  • चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धान

काठमाडौं ।।

काठमाडौं महानगरपालिका ३१ शान्तिनगरको वाग्मती पुलनजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु भएको छ । नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको बा प्र०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खाल्डोमा खस्दा मोटरसाइकल पछाडि बसेका भक्तपुरको चाँगुनारायण नगरपालिका–४ का १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका ४ का २० वर्षीय सरोज गुरुङको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको दाहिने खुट्टा भाँचिएको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । चालक गुरुङले मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा उक्त दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता ढुङ्गेलले बताए ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १६:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।