July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

पहिलो बालकविता संग्रह ’आहाना’ सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:३१
पहिलो बालकविता संग्रह ’आहाना’ सार्वजनिक

कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य (चौधरी) को जन्मदिनको अवसर पारेर बालकविता संग्रह ’आहाना’ सार्वजनिक गरेका छन्।

आइतबार ललितपुरको खुमलटारस्थित प्रिमियमर इन्टरनेशनल स्कूलको सभाहलमा आयोजित एक समारोहबीच बालकविता संग्रह ‘आहाना’ विमोचन गरिएको हो।

कवि चौधरी, उनी छोरी मेघा चौधरी, नातिनी आहाना शाक्य (चौधरी), आहानाका बुवा पारस शाक्य र बालबालिकाहरूले बालकविता संग्रह सामूहिक लोकार्पण गरेका थिए।
चौधरीले आफ्नो साहित्यिक जीवनकै पहिलो बालकविता संग्रह प्रकाशन गरेका हुन्। यसअघि उनका २० वटाभन्दा बढी कविता तथा गीत संग्रह प्रकाशित भइसकेका छन्।

बालकविता संग्रह नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ। ‘कोपिला किताब’ ले प्रकाशन गरेको आहानामा चौधरीका ५६ वटा बालकविताहरू समेटिएका छन्। प्रत्येक कवितासँगै कलाकार भानु भट्टराईले तयार पारेको आकर्षक चित्रांकन समेत समेटिएको छ।
चौधरीले आफूले आफ्नो नातिनी आहानाको प्रतिबिम्ब भएर कविता संगह तयार पारेको बताए।

‘बाल साहित्य मेरो नियमित विधा होइन। यो मेरो पहिलो प्रयास हो। मैले विभिन्न देशको भ्रमण गर्दा त्यहाँ बाल साहित्यले हासिल गरेको उचाइ देख्दा डाह लाग्थ्यो। नेपालमा के कारणले बाल साहित्य पछाडि परेको छ, त्यो बुझ्न सकिरहेको छैन,’ उनले भने।

अनाथ बालगृहका बालबालिकाहरूसँग आहानाको जन्मदिन मनाइएको थियो। ती बालबालिकालाई उनले स्कूल ब्याग समेत वितरण गरेकी थिइन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट